किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ मुसेखोलामा चितुवा मृत अवस्थामा फेला परेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत दमौली-डुम्रे सडकखण्डमा पर्ने मुसेखोला राजमार्गबाट नजिकै रहेको छ ।
उक्त मृत अवस्था फेला परेको भाले चितुवाको ढाड भाचिएको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताए । ‘गाडीले हानेको जस्तो देखिन्छ’ प्रमुख बरालले भने ‘चोट लागेपछि खोला तिर गएको र खोला नजिक बान्ता गरेको देखिन्छ ।’
उक्त भाले चितुवा करिब ८ वर्ष जतिको उमेर र ४० किलो जति तौल रहेको प्रमुख बरालले बताए । आज बुधबार राती करिब २-३ बजेको समयमा उक्त घटना भएको अनुमान प्रमुख बरालको रहेको छ ।
सो चितुवाको छाला काडेर चितवन राष्ट्रिय निकुञ्ज पठाइने र चितुवालाई डिभिजन बन कार्यालयको पछाडी खाल्डा खनेर पुरिने बरालले जानकारी दिए ।
सोमबार मात्रै पेट फुटेको अवस्थामा व्यास-७ साखुलीमा चितुवाको डमरू मृत फेला परेको थियो ।
तनहुँ कै भानु नगरपालिकाको वडा नम्बर १,२,३ र ४ मा करिब २० महिनाको अवधिमा चितुवाको आक्रमणमा परी ६ जना बालबालिकाको ज्यान गैसकेको छ भने ४ जना घाइते भएका छन् ।
भानुबासी लाई सतर्क रहन पनि डिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन