गोरखा । बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत र धादिङको आरुघाट, बिशालनगर र खहरे क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको छ ।जनप्रतिनिधि एवम् सरोकार समितिका प्रतिनिधिले गरेको धर्ना कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेत उपस्थित हुन आइपुगे ।जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक कार्यक्रममा सहभागी हुन उनी आजै गोरखा आएका हुन् ।
प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्ने बित्तिकै उनी धर्नामा बसिरहेकाहरुलाई साथ दिन त्यही बसे । एकछिन पछि मात्र उनले त्यहाँ टाँगिएको व्यानर पढे र भने, ‘तपाईंहरु सति जान तयार भए म पनि तयार नै छु,’ उनले प्रश्न गर्दै थपे, ‘मुआब्जा त यसअघि नै तोक्ने भन्ने कुरा थियो फेरि के भएछ ?’ धर्ना कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे पनि सहभागी भएका छन् ।
दुई घण्टा धर्ना बस्ने बुढिगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए । ‘हामीले पूर्वनिर्धारित कार्यक्रम अनुसार आज यहाँको प्रशासन कार्यालयमा धर्ना बस्यौ, भोलि धादिङको जिल्ला प्रशासन कार्यालमा धर्ना दिन्छौ ।’ कार्यक्रममा गोरखाको आरुघाट गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष, सम्बन्धित वडाका अध्यक्षहरु, सरोकार समितिका प्रतिनिधि र प्रभावितहरुको सहभागी भएका छन् ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष