काठमाडौं– जिम्मेवारी हेरफेर गरिएको करिब एक साता पछि उपप्रधानमन्त्री उपेन्द्र यादवले सोमबार कानून, न्याय तथा संसदीय मामिलामन्त्रीको पदभार ग्रहण गरेका छन् । मन्त्री यादवले सोमबार संकानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पुगेर मन्त्रीको कार्यभार सम्हालेका हुन् ।
कार्यभार सम्हाल्दै यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको समेत बताए । ‘संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौँ, अब कार्यान्वयन गर्ने बेला आएको छ,’ मन्त्री यादवले भने ।
मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानून मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने पनि बताए । उनले भने, ‘मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो, हेरफेर गर्न सक्नुहुन्छ, मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुन सक्छ ।’
समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मंसिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उनलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री यादव सोमबार निजी सवारी साधन प्रयोग गरेर मन्त्रालयमा आइपुगेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने