तनहुँ । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा देउसी भैलो खेलेर संकलित रकम तनहुँ इभेन्ट म्यानेजमेन्टले उज्यालो घर बालगृहलाई सहयोग गरेको छ ।
तिहारमा देउसी भैलो खेलेर र चौथो आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सवमा होटल संचालन गरेर संस्थाले संकलन गरेको ५० हजार ५ सय ५५ रुपैयाँ उज्यालो घरमा सहयोग गरेको संस्थाकी अध्यक्ष सरिता मगरले बताईन ।

तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता मगरले उज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेकी थिइन ।
बालबालिकाको लागी सहयोग गर्न पाउदा खुशि लागेको तनहुँ इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष सरिता मगरले बताईन । ‘सौन्दर्य प्रतियोगिता गर्नेहरु भनेर चिनिएका छौ’ अध्यक्ष मगरले भनिन ‘हामी समाजमा दु:ख पाएकाहरुलाई पनि सहयोग गर्छाैं ।’
सहारा विहिन बालबालिकाहरु लाई उज्यालो घरले सहारा दिदै आएको उज्यालो घरका सचिव अनुज बिमलीले बताए ।
संस्थालाई ठुलो आर्थिक सहयोग गरेमा तनहुँ इभेन्ट म्यानेजमेन्टलाई उज्यालो घरका अध्यक्ष सागर घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार प्रताप श्रेष्ठले अनाथ बालबालिकाको लालनपालन गर्नु एकदम राम्रो भएको बताए । अन्य सहयोगि मनहरुलाई समेत उज्यालो घरलाई सहयोग गर्न अनुरोध समेत उनले गरे ।
संस्थाले यसअघि खाद्यान्न समेत सहयोग गरेको थियो । यो बाहेक अन्य क्षेत्रमा समेत संस्थाले सहयोग गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’