पोखरा । दारी ग्याङको आयोजनामा देशैभर क्यान्सर जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
अङ्रेजी वर्षको नोभेम्बर महिनामा विश्वभर दारी, कपाल नकाटिकन क्यान्सर रोग सम्बन्धि सचेतना जगाएर, क्यान्सर रोग लागेका बिरामीलाई जीवन बाच्ने हौसला प्रदान गर्नुका साथसाथै आर्थिक सहयोग गरेर मनाइने नो सेभ नोभेम्बर अभियान “क्यान्सर पहिचान, शिघ्र समाधान” भन्ने मूल नाराका साथ क्यान्सर जनचेतनामूलक कार्यक्रम गरि मनाइएको हो ।
नो सेभ नोभेम्बर अभियान अन्तर्गत २०१९ को नोभेम्बर महिनामा दारी ग्याङ र क्यान्सर विरुद्ध नेपाली युवाले देशैभर क्यान्सर जनचेतनामूलक कार्यक्रम संयुक्त रुपमा आयोजना गरेको हो ।
मोरङ, काभ्रे, काठमाडौं, चितवन, नवलपुर, रुपन्देही, कास्की र कैलाली गरि ८ जिल्लाका १५ वटा विद्यालय/कलेजमा अध्ययनरत १५०० भन्दा बढि विद्यार्थीहरु माझ १६ वटा विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विश्वभर मनाइने नो सेभ नोभेम्बर अभियान, अभियानको लक्ष्य र ईतिहास, अभियानमा दारी ग्याङको संलग्नता, क्यान्सर रोगका लक्षण , रोकथाम, बच्ने उपायहरु, नेपालमा क्यान्सर रोगको तथ्यांक लगाएतका विषयमा विद्यार्थीहरुलाइ जानकारी प्रदान गरिएको थियो ।

नेपालमा अहिले पुरुषहरुमा मुख, फोक्सो र कलेजोको क्यान्सर बढी मात्रामा देखिएको छ भने महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको छ ।
स्वस्थ जीवन जिउने र वर्षको एकचोटी नजिकैको स्वास्थ्य संस्थामा क्यान्सरको स्कृनिङ टेस्ट जस्तै म्यामो, प्याप, आदि जांच गर्ने हो भने क्यान्सर लागे नलागेको थाहा पाउन सकिन्छ र महँगो उपचार विधीबाट पनि छुटकारा पाउन सकिन्छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ