पोखरा । दारी ग्याङको आयोजनामा देशैभर क्यान्सर जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
अङ्रेजी वर्षको नोभेम्बर महिनामा विश्वभर दारी, कपाल नकाटिकन क्यान्सर रोग सम्बन्धि सचेतना जगाएर, क्यान्सर रोग लागेका बिरामीलाई जीवन बाच्ने हौसला प्रदान गर्नुका साथसाथै आर्थिक सहयोग गरेर मनाइने नो सेभ नोभेम्बर अभियान “क्यान्सर पहिचान, शिघ्र समाधान” भन्ने मूल नाराका साथ क्यान्सर जनचेतनामूलक कार्यक्रम गरि मनाइएको हो ।
नो सेभ नोभेम्बर अभियान अन्तर्गत २०१९ को नोभेम्बर महिनामा दारी ग्याङ र क्यान्सर विरुद्ध नेपाली युवाले देशैभर क्यान्सर जनचेतनामूलक कार्यक्रम संयुक्त रुपमा आयोजना गरेको हो ।
मोरङ, काभ्रे, काठमाडौं, चितवन, नवलपुर, रुपन्देही, कास्की र कैलाली गरि ८ जिल्लाका १५ वटा विद्यालय/कलेजमा अध्ययनरत १५०० भन्दा बढि विद्यार्थीहरु माझ १६ वटा विभिन्न संघसंस्थाहरु संगको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विश्वभर मनाइने नो सेभ नोभेम्बर अभियान, अभियानको लक्ष्य र ईतिहास, अभियानमा दारी ग्याङको संलग्नता, क्यान्सर रोगका लक्षण , रोकथाम, बच्ने उपायहरु, नेपालमा क्यान्सर रोगको तथ्यांक लगाएतका विषयमा विद्यार्थीहरुलाइ जानकारी प्रदान गरिएको थियो ।
नेपालमा अहिले पुरुषहरुमा मुख, फोक्सो र कलेजोको क्यान्सर बढी मात्रामा देखिएको छ भने महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको छ ।
स्वस्थ जीवन जिउने र वर्षको एकचोटी नजिकैको स्वास्थ्य संस्थामा क्यान्सरको स्कृनिङ टेस्ट जस्तै म्यामो, प्याप, आदि जांच गर्ने हो भने क्यान्सर लागे नलागेको थाहा पाउन सकिन्छ र महँगो उपचार विधीबाट पनि छुटकारा पाउन सकिन्छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग