पोखरा, १२ पुस / पोखरा जेसीजका पूर्व अध्यक्ष गोविन्दप्रसाद देवकोटा नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न ४४ औं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित देवकोटा गण्डकी धौलागिरी क्षेत्रबाटै एक्ला प्रतिनिधि हुन् ।
पोखरा जेसीज वर्ष २०१६ का अध्यक्ष देवकोटा सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडका पोखरा ब्राञ्च म्यानेजर पनि हुन् । पोखरा जेसीजको नेतृत्वपछि देवकोटाले लायन्स क्लब अफ पोखरा स्वर्णिम सिटीको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । सन् २००९ देखि देवकोटा जेसीज अभियानमा होमिएका थिए ।
सिद्धार्थनगर जेसिजको आतिथ्यतामा भैरहवामा तीन दिनसम्म चलेको महाधिवेशनबाट रामग्राम जेसीज नवलपरासीका श्रीधर बस्याल अध्यक्षमा चुनिए । चार कार्यकारीणी उपाध्यक्षमा रश्मी शिल्पकार, अशोक शंकर, पदम बिक्रम सिंह र विकास मानन्धर विजयी भए । त्यसैगरी उपाध्यक्षमा देवकोटासँगै श्याम सुन्दर पौडेल, विजय गुरुङ, रविन पोख्रेल, टेकराज रेग्मी, राजेन्द्र घिमिरे, सुमित्रा शर्मा, विजय घिमिरे, जनक घिमिरे, रञ्जन चापागाइ, अमिश ढकाल र रश्मि निरौला विजयी भए । कानुनी सल्लाहाकारमा अञ्जन बाबु खत्री र कोषध्यक्षमा हेमराज ओझा चुनिए ।
सन् १९१५ मा अमेरिकाको सेन्ट लुईसमा स्थापना भएको जेसीज १ सय १७ देशमा विस्तार छ । नेपालमा सन् १९६४ मा स्थापित नेपाल जेसीजको अहिले देशभरी १ सय ३८ वटा शाखा रहेको छ । हरेक वर्ष नेतृत्व चयन हुने नेपाल जेसीजमा यस वर्ष १२ सय ८८ मतदाताले नेतृत्व चयन गरे ।
नेपाल जेसीजको इतिहासमा अहिलेसम्म पोखराबाट चार जना अध्यक्ष भएका छन् । हरिकृष्ण बास्तोला, विकलप्रसाद शेरचन र राजु केसीले पूर्ण कार्यकाल नेपाल जेसीजको नेतृत्व लिए भने जगत पोखरेल उमेरहद विवादका कारण पदच्युत भएपछि सन् २०१६ को बाँकी कार्यकालका लागि पोखराकै रविन्द्र गुरुङ अध्यक्ष चुनिएका थिए ।
सन् १९७५ देखि यहाँ क्रियाशील पोखरा जेसीज पोखराकै पुरानो सामाजिक संस्था पनि हो । पोखरा जेसिजको नेतृत्व लिएका युवाहरु अहिले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा छन् । पोखरा जेसिजले नै मिस पोखरा जस्तो इभेण्ट आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु