अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।
३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा हिउँसहितको जंगलमा फसेका सर्लाहीका अंकित साह, सर्लाहीकै अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई आइतबार बिहान खोजी तथा उद्धारमा गएका चुपिन पुर्जासमेतका स्थानीयले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्गको रेलेखर्कको खोंचबाट उद्धार गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालका अनुसार उद्धार गरिएका दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट पोखरा पाठाइएको र बाँकी दुई जनालाई आफूहरुसँगै गाडीमा राखेर नारच्याङ झरेको बताए ।शुक्रबार उनीहरुसँग फोनमा कुराकानी भए पनि भेट्टाउन सकिएको थिएन। फोनको लोकेसनको आधारमा रेलेखोलाको माथिल्लो भागको रेलेखर्क क्षेत्रमा खोजी केन्द्रित गरिएको थियो ।
सम्बन्धित खबर
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते
मनाङमा लुलुगाई मारेको आरोपमा ३ जना पक्राउ
डढेलोले पुर्याएको क्षतिप्रति मुख्यमन्त्री अधिकारी चिन्तित, सचेत रहन आग्रह
पोखरा जेसिजको सप्ताह: रक्तदानदेखि ट्राफिक सचेतना
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गाद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग