तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजना भएको स्वर्गीय राममाया राउत स्मृति रोट्रयाक्ट अन्तर विद्यालय स्तरीय हाजिरजवाफ प्रतियोगिताको उपाधी कन्काई आवासीय माविले जितेको छ ।
त्यस्तैगरि प्रतियोगितामा निर्मल मावि दोस्रो भएको छ भने ग्रिनस्टार मावी तेस्रो भएको छ ।

प्रथम, दोस्रो र तेस्रो हुने समुहले क्रमश: १५ सय, १ हजार र ५ सय नगद संगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ।
विद्यार्थीको ज्ञानको दायरा फराकिलो बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष मनोज राउतले बताए । उक्त प्रतियोगितामा सामुदायिक र निजि गरि १२ विद्यालय सहभागी थिए ।
कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष मनोज राउत रहेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए । सो अवसरमा न्यौपानेले सैद्धान्तिक शिक्षा संगै विभिन्न बाह्य व्यवहारिक र ज्ञानका कुरा विद्यार्थीलाई दिनुपर्ने बताए ।
रोट्रयाक्ट क्लब अफ दमौलीका स्वर्गीय आमा राममाया राउतको सम्झानामा उक्त हाजिरजवाफ प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा सामान्य ज्ञान, खेलकुद, अडियो र फोटो राउन्ड रहेको थियो ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’