तपाईं पोखरा काठमाण्डौ हवाइ यात्रा गर्नुहुन्छ भने पक्कै पनि लाग्दो हो काठमाण्डौ पोखरा त सस्तै छ, पोखरा काठमाण्डौं चाहिँ कति महँगो ? अब २६ सय रुपैंयासम्ममा नै पोखरा काठमाण्डौ हवाई यात्रा गर्न पाइने भएको छ ।
निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अब पोखरामा पनि उडान बिस्तार गरेसँगै पोखरा–काठमाडौं सम्मका लागि २६ सय रुपैयाँ भाडादर कायम गरेको छ । त्यस्तै, काठमाडौं— पोखरा २ हजार रुपैयाँमै उड्न पाइनेछ ।
पोखरामा अहिलेसम्म मुख्यतः यति र बुद्धको एकाधिकार थियो । सिम्रिक पनि राम्रै चल्छ । यात्रुहरुले पोखरा काठमाण्डौ ५ हजार बढीसम्म तिर्दै आएका थिए । आक्रमक बजार तथा सेवा विस्तार गरिरहेको श्रीले पोखरा–काठमाडौंको भाडादर अहिलेसम्मकै सबैभन्दा कम राखेको हो । यसले यात्रीहरुलाई फाइदा पुगेको छ ।
श्रीले यही शुक्रबारबाट पोखरामा टर्वोपर्प जहाजबाट सेवा दिने भएको छ । श्रीले ठीक एक हप्ता अघि सोमबार नै पोखरामा परिक्षण उडान गरेको छ । एयरलाईन्सले सोमबार दिउँसो साढे २ बजे ८० सिट क्षमताको (क्यू ४००) जहाजबाट सफल परीक्षण उडान गरेको हो । परीक्षण सफल भएकोले केही दिनमै नियमित उडान थालिने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिएका छन् । भ्रमण बर्षलाई लक्षित गर्दै पोखरामा उडान सेवा विस्तार गरेको श्रीले जनाएको छ ।
यो कम्पनीको ९ औं गन्तब्य हो । श्रीले जनकपुरमा नियमित उडान थालिसकेको छ । कम्पनीले यसअघि भद्रपुर, राजविराज, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी र माउन्टेन फ्लाइट उडान गरिरहेको छ । जनकपुर ८ औं र पोखरा ९ औं गन्तब्य हो ।
विगत ६ महिनाअघि साना एयरपोर्टमा सेवा दिने उद्देश्यले जहाज ल्याए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएपछि श्रीका जेट इन्जिन जहाजले उडिरहेकै गन्तव्यमा सेवा दिँदै आएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन