बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेको १३ दिन पछि २ लाख धरौटीमा रिहा भएका छन् । गुरुङलाई १९ फागुनमा हाजिर हुने गरि उच्च अदालत पोखराले तारिखमा रिहा गरेको हो ।
पोखरा लेकसाईड स्थित ओम गौरा जोस्टल होटलका संचालक हरी भक्त आर्चायको उजुरीका कारण अध्यक्ष गुरुङलाई कास्की प्रहरीले १० माघमा पक्राउ गरेको थियो । त्यसअघि उनले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई कुटेपनि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेको कुटाइ खाएपछि सहानुभूति पाएका थिए । पछि उनै विरुद्ध जाहेरी प¥यो । प्रहरीले उच्च अदालत पोखरावाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमति लिई गुरुङलाई हिरासतमै राखी घटनाबारे अनुसन्धान गरेको थियो ।
हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडी बसेको उक्त होटललाई तिरेको २ लाख १५ हजारको चेक बाउन्स भए पछि होटलले दिएको उजुरीका आधारमा अध्यक्ष मिलन पक्राउ परेका थिए । गुरुङ पक्राउ परे पछि यता एन्फा कास्कीले जगत बहादुर थापालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिसकेको छ ।
अध्यक्ष गुरुङको विषयलाई लिएर एन्फा केन्द्र पनि गम्भिर रहेको र छानविन समिति गठन गर्ने अध्यक्ष कर्मा छिरिङ शेर्पाले सार्वजनिक कार्यक्रममा बोलेका समेत थिए । एन्फाको यहि माघ २६ गते बस्ने केन्द्रिय समितीको बैठकले उनी बारे निर्णय लिन सक्ने जनाइएको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग