बैकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पक्राउ परेको १३ दिन पछि २ लाख धरौटीमा रिहा भएका छन् । गुरुङलाई १९ फागुनमा हाजिर हुने गरि उच्च अदालत पोखराले तारिखमा रिहा गरेको हो ।
पोखरा लेकसाईड स्थित ओम गौरा जोस्टल होटलका संचालक हरी भक्त आर्चायको उजुरीका कारण अध्यक्ष गुरुङलाई कास्की प्रहरीले १० माघमा पक्राउ गरेको थियो । त्यसअघि उनले पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई कुटेपनि गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेको कुटाइ खाएपछि सहानुभूति पाएका थिए । पछि उनै विरुद्ध जाहेरी प¥यो । प्रहरीले उच्च अदालत पोखरावाट पहिलो पटक सात र दोस्रो पटक चार दिन म्याद थपको अनुमति लिई गुरुङलाई हिरासतमै राखी घटनाबारे अनुसन्धान गरेको थियो ।
हालै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडी बसेको उक्त होटललाई तिरेको २ लाख १५ हजारको चेक बाउन्स भए पछि होटलले दिएको उजुरीका आधारमा अध्यक्ष मिलन पक्राउ परेका थिए । गुरुङ पक्राउ परे पछि यता एन्फा कास्कीले जगत बहादुर थापालाई कार्यवाहक अध्यक्ष नियुक्त गरिसकेको छ ।
अध्यक्ष गुरुङको विषयलाई लिएर एन्फा केन्द्र पनि गम्भिर रहेको र छानविन समिति गठन गर्ने अध्यक्ष कर्मा छिरिङ शेर्पाले सार्वजनिक कार्यक्रममा बोलेका समेत थिए । एन्फाको यहि माघ २६ गते बस्ने केन्द्रिय समितीको बैठकले उनी बारे निर्णय लिन सक्ने जनाइएको छ ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो