हुम तमु, पोखरा । लोकस्रष्टा, साधक,शिल्पी कल्याण शेरचनको शुक्रवार नवौं स्मृति दिवसमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले बरिष्ठ गायिका बाबा राणा बज्राचार्यलाई सम्मान गरेको छ । लोक सँस्कृति जोगाऔं, हाम्रो चिनारी बचाऔं नाराका साथ कल्याण शेरचनको योगदानको अमरत्व प्रदान गर्न स्थापित प्रतिष्ठानले नवौं स्मृति दिवसमा राणालाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी, प्रतिष्ठानका संरक्षक चेतन कार्की, प्रतिष्ठानका प्रमुख संरक्षक कल्याण शेरचनकी धर्मपत्नी सर्मिला शेरचन र प्रतिष्ठानका अध्यक्ष क्या।पुर्णबहादुर गुरुङ ह्योल्मोले सम्मानपत्रसहित २५ हजार एक रुपैया, दोसल्ला, माला, खादाले सम्मान गरे ।स्वर्गीय शेरचनको मुख्य विधाहरु लोक गीत संगीत, शिक्षा र खेलकुद क्षेत्रका व्यक्तित्वहरुलाई पालैपालो विधागत रुपमा स्मृति दिवसमा सम्मान गर्ने गर्दछ ।
कार्यक्रममा स्रष्टा छनौट समितिका संयोजक तथा प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्रष्टा राणाको जीवनीबारे चर्चा गर्दै उनले साँईको घर कहाँ हो कहाँ, बिर्सी जाने निष्ठुरीलाई, हे आमा जन्मायौ किन, करोडौं मुटुहरुको।।। जस्ता कालजयी गीतका साथै करिब एकसय पचास भन्दा बढी गीत रेकर्ड गरिसकेको जनाए । राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत, राष्ट्रिय आधुनिक गीत प्रतियोगितामा स्वर्ण पदक विजेता समेत रहेकी गायिका राणाले “गाँउदा गाउदै यहाँसम्म” गिती संगालोका रचनाकार रहेको जानकारी गराइएको थियो। उक्त गिती पुस्तक कार्यक्रममा नै प्रमुख अतिथि कार्कीले बिमोचन गरे ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ट सँस्कृतिकर्मी, साहत्यिकार, गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले मन्तव्य व्यक्त गर्दै स्रष्टाको स्मृतिमा स्रष्टा सम्मानले स्वर्गीय शेरचनको वार्षिक स्मरण र सम्मानित स्रष्टाको मुल्यांकन हुने गरेको बताए । लोक सँस्कृति नै नेपाली राष्ट्रिय पहिचान भएकाले मौलिकता संरक्षण आजको आवाश्यकता भएको उनको भनाई थियो। पश्चिमा सँस्कृतिले विकृत बनाइरहदाँ राष्ट्रियतालाई बलियो बनाउन सर्जकहरु जुट्नु पर्ने भन्दै स्वर्गीय शेरचनप्रति श्रद्धाञ्जली अर्पण गरे ।
सम्मानित वरिष्ठ गायिका बाबा राणाले कल्याण शेरचन जस्तो लोकस्रष्टा,साधक,शिल्पीको स्मृतिमा सम्मानित हुन पाउँदा अत्यन्तै हर्षित भएको बताईन् । कुनै पनि विधामा निरन्तर साधना गरिरहे राम्रो गर्न सकिने र मुल्यांकन पनि हुने भन्दै उनले आफ्नो गायिकीको उच्च सम्मान गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गरिन् ।
प्रतिष्ठानका अध्यक्ष क्या।पुर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ लोकगायक नारायण रायमाझीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव जीवन दाहालले कार्यक्रम संचालन गरे ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु