नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा), गण्डकी प्रदेशको नेतृत्व लिन द्वितीय उपाध्यक्ष झवि अधिकारी प्यानल नै बनाई अगाडि बढेका छन् । अधिकारी नेतृत्वको समूहले मनोनयन गर्ने गरी नामावली सार्वजनिक गरेका हुन् । पोखरामा एक कार्यक्रमका बीच यो समूहले प्यानलका नामावली सार्वजनिक गरेको हो ।
प्रथम उपाध्यक्षमा सुवास भण्डारी, द्धितिय उपाध्यक्षमा नेत्रपाणी भण्डारी (बाबुराम), महासचिवमा कुलचन्द्र शर्मा, सचिव चेतन कार्की, कोषाध्यक्ष विश्वराज आचार्य, सहकोषाध्यक्ष नवराज भण्डारी उम्मेदवार बन्नेछन् । यस्तै कार्यसमिति सदस्यहरुमा शोभाकर तिवारी, सुशिला सिग्देल, खेमबहादुर नेपाली, प्रकाश सुबेदी, फणेन्द्र थापामगर यो प्यानलबाट चुनाव लड्नेछन् । १५ सदस्यीय नाट्टा केन्द्रिय सदस्यमा २ जना अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।
१४ पूर्व नाट्टा अध्यक्षमध्ये ८ जना झवि अधिकारीको समर्थनमा रहेको दाबी गरिएको छ । अर्को समूहको नेतृत्व प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले गर्नेछन् ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग