चीनबाट सुरु भएको महामारी रोग कोविड – १९ (कोरोना भाइरस) ले चीनमा मात्रै झण्डै १८ सयको ज्यान गइसकेको छ । ७० हजारभन्दा बढी मानिस बिरामी परेका छन् । अन्य धेरै देशमा यो भाइरस फैलिसकेको छ । चीन जस्तो विश्व शक्ति राष्ट्रलाई समेत सामना गर्न हम्मे हम्मे परेको अवस्थामा नेपालमा यस रोग भित्रिएमा कसरी नियन्त्रणमा राख्न सकिएला ? कल्पना बाहिरको कुरा हो ।
यसै रोगबारे सचेतना जगाउन पोखरामा युवाहरुको सामाजिक संस्था पोखरा जेसीज अगाडि बढ्यो । उसले पोखराका आधा दर्जन विद्यालयमा पुगेर कोरोना भाइरस सम्बन्धी जानकारी गराएको हो । ‘मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो “ भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै अघि बढेको पोखरा जेसिजले सामुदायिक क्षेत्रलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरेको अध्यक्ष शिवप्रसाद सापकोटाले जानकारी दिए ।

पहिलो दिन नयाँबजार स्थित महेन्द्र उच्च माध्यमिक विद्यालय, फूलबारी स्थित शिवशक्ति मा.वि. तथा सितला देवी मा. वि.का विद्यार्थीहरुलाई सचेत गराईएको थियो ।
दोस्रो दिन बाराही उच्च माध्यमिक विद्यालय तथा भद्रकाली मा. वि.का विद्यार्थीहरुलाई नोबल कोरना भाईरस र दैनिक जिवनमा मौसमी भाईरसद्वारा प्रभाव पार्ने असर र न्यूनिकरण सम्बन्धी स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
तेस्रो दिन छोरेपाटन उच्च माध्यमिक विद्यालय तथा पार्दी मा. वि.का विद्यार्थीलाई स्वास्थ्य सचेतना प्रदान गरिएको थियो ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो