किरण श्रेष्ठ, तनहुँ । पछिल्लो समय जिल्लामा वन तस्करी बढ्दै गएको छ । वन संरक्षणमा सरोकारवाला निकाय र जनप्रतिनिधिहरुको पनि खासै चासो र चिन्ता देखिदैन भने कतिपय ठाउँमा काठ तस्करीमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा मिलेमतो र दोषीलाई कारबाहीको साटो उन्मुक्ति दिन बढी सक्रिय रहेको जनगुनासो बढदै गएको छ ।
अबैध रुपमा ढुङ्गा बालुवा गिट्टी तस्करी बढी रहेको समयमा हरियो काठ समेत बिभिन्न बन जंगलबाट तस्करी हुने क्रम बढी रहेको छ ।
सब डिभिजन बन बन्दिपुर बिमलनगरले अवैध काठ नियन्त्रणमा लिएको छ । तनहुँको बन्दिपुर गाउँपालिका ५ बाहुनडाडा स्थित एक फर्निचर र घर नजिकबाट अवैध काठ नियन्त्रणमा लिइएको सहायक बन अधिकृत सुरेश कुमार भुजेलले जानकारी दिए ।

गत शुक्रबार उक्त स्थानबाट २ सय ३३.२८ क्यु फिट काठ नियन्त्रणमा लिएको भुजेलले बताए । जसमा १ सय ५६ थान सालको काठ,२ थान बर्रो र १ थान चिलाउने गरि कुल १ सय ५९ थान काठ रहेको भुजेलले जानकारी दिए ।
‘स्थानिय र प्रहरीले जानकारी दिएपछि उक्त स्थान गएर काठ नियन्त्रणमा लिएका छौ ।’ अधिकृत भुजेलले भने ‘काठ हराउने अवस्था रहेकाले अहिले कार्यालयमा ल्याएर राखेका छौ ।’ उनले थपे ‘कसको काठ हो, कसरि उक्त स्थानमा आइपुग्यो केहि थाहा छैन ।’
सो स्थानमा कुनै पनि नाम नभएको एक फर्निचर रहेको भुजेलले बताए । ‘काठमा कुनैपनि टाचा छैन ।’ भुजेलले भने ‘अहिले सम्म कोहि पनि बनको सम्पर्क आफ्नो काठ दावी गर्न आएको छैन ।’ उक्त फर्निचर संचालक र घरधनि लाई अनुसन्धानका लागि चिठ्ठि काटेर बोलाउने अधिकृत भुजेलले बताए । उनले भने ‘फर्निचर संचालक कृष्णविर गुरुङ रहेको र घरधनि प्रिया गुरुङ भएको खुलेको छ । बिना टाचा र बन कार्यालयलाई समेत कुनै जानकारी नभएको हुदाँ सो काठ अवैध भएको भुजेलले बताए ।

कसको काठ हो अब अनुसन्धान पछि नै खुल्ने भुजेलले बताए । ‘अहिले सम्म कुनै पनि सामुदायिक बनबाट आफ्नो बनमा काठ काटिएको जानकारी छैन ।’ भुजेलले भने ‘हामि अनुसन्धानको क्रममा छौ ।’
काठ लुकाएर अन्यत्र लैजाने तयारि गरिएको थाहा पाए संगै स्थानियले खबर गरेको नाम नखुलाउने सर्तमा एक स्थानियले बताए ।
काठको व्यावसायिक कटान, संकलन, ओसारपसारको लागि वन कार्यालयको अनुमति अनिवार्य भए पनि त्यसको उल्लंघन गरेकाले ओसारपसार भएको काठ अवैध मानिएको छ । कटान भएर ल्याउन बाँकी रहेको काठ र त्यसमा संलग्न अन्य व्यक्तिको वन कार्यालय र प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन