तनहुँ । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)तनहुँको चौथो साधरण सभा म्याग्दे गाउँपालिका वडा नम्बर ७ स्थित हर्षपुर सामुदायिक होमस्टेमा बुधबार सम्पन्न भएको छ ।
साधरण सभाको फोनिज गण्डकी प्रदेश इन्चार्ज हुम तमुले उद्घाटन गरेका थिए । उदघाटन गर्दै फोनिज आदिबासी जनजाति समुदायका पत्रकारलाई संगठित गर्दै व्यवसायिक पत्रकारिता लागेको बताए ।
‘फोनिज आदिबासी जनजाती पत्रकारहरुको सांझा संस्था हो,’ उनले भने , ‘आदिबासी जनजाती समुदाय मात्र नभई आवज बिहिनहरुको आवज समेत बनेका छौ ।’फोनिज आबद्ध पत्रकारहरु राष्ट्रिय मूलधारको पत्रकारिता समेत क्रियाशिल रहेको छ ।
फोनिजले शहर केन्द्रित कार्यक्रम नगरी गाउँ केन्द्रित कार्यक्रम गर्न लागि परेको उनले जानकारी दिए । यस अन्तरर्गत, तनहुँ भिमादको मिछुुर्लुङ्ग सामुदायिक होमस्टेमा फोनिज गण्डकी प्रदेश भेला र संघीय बैठक, कास्कीको घाचोकमा राष्ट्रिय भेला, रुपाकोट गाउँपालिकामा प्रदेश भेला सम्पन्न गरीसकेको बताए ।
फोनिज तनहुँका अध्यक्ष प्रताप रानामगरको अध्यक्षतामा फोनिजका केन्द्रिय सदस्य मिला दरै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सचिव रुद्र श्रीस मगर, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, दलित पत्रकार संघ तनहुँका सचिव अशोक विश्वकर्मा लगायतले मन्तव्व राखेका थिए ।
उपाध्यक्ष सुनिता थापाले स्वागत, सचिव सुमन श्रेष्ठले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष किरण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’