तनहुँ । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज)तनहुँको चौथो साधरण सभा म्याग्दे गाउँपालिका वडा नम्बर ७ स्थित हर्षपुर सामुदायिक होमस्टेमा बुधबार सम्पन्न भएको छ ।
साधरण सभाको फोनिज गण्डकी प्रदेश इन्चार्ज हुम तमुले उद्घाटन गरेका थिए । उदघाटन गर्दै फोनिज आदिबासी जनजाति समुदायका पत्रकारलाई संगठित गर्दै व्यवसायिक पत्रकारिता लागेको बताए ।
‘फोनिज आदिबासी जनजाती पत्रकारहरुको सांझा संस्था हो,’ उनले भने , ‘आदिबासी जनजाती समुदाय मात्र नभई आवज बिहिनहरुको आवज समेत बनेका छौ ।’फोनिज आबद्ध पत्रकारहरु राष्ट्रिय मूलधारको पत्रकारिता समेत क्रियाशिल रहेको छ ।
फोनिजले शहर केन्द्रित कार्यक्रम नगरी गाउँ केन्द्रित कार्यक्रम गर्न लागि परेको उनले जानकारी दिए । यस अन्तरर्गत, तनहुँ भिमादको मिछुुर्लुङ्ग सामुदायिक होमस्टेमा फोनिज गण्डकी प्रदेश भेला र संघीय बैठक, कास्कीको घाचोकमा राष्ट्रिय भेला, रुपाकोट गाउँपालिकामा प्रदेश भेला सम्पन्न गरीसकेको बताए ।
फोनिज तनहुँका अध्यक्ष प्रताप रानामगरको अध्यक्षतामा फोनिजका केन्द्रिय सदस्य मिला दरै, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सचिव रुद्र श्रीस मगर, प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्की, दलित पत्रकार संघ तनहुँका सचिव अशोक विश्वकर्मा लगायतले मन्तव्व राखेका थिए ।
उपाध्यक्ष सुनिता थापाले स्वागत, सचिव सुमन श्रेष्ठले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष किरण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन