किरण श्रेष्ठ, तनहुँ । आन्तरिक राजस्व कार्यालय दमौलीको अनुगमन टोलीले रक्सी विक्रेताले नक्कली अन्त:शुल्क स्टिकर प्रयोग गरेको फेला पारेको छ ।
टोलीले बढी शंकास्पद भेटिएको तनहुँको व्यास-३ दमौली स्थित तनहुँ वाईन सप रक्सी डिलरको गोदाम सिलबन्दी गरेको छ । अनुगमनमा गएको टोलीले नक्कली अन्त:शुल्क स्टिकरमात्र नभइ रक्सी पनि नक्कली हुन सक्ने शंका गरेको छ ।
वाईन सपमा नक्कली अन्त:शुल्क स्टिकर टासेको भेट्टाएको आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सुर्य प्रसाद सेढाईले जानकारी दिए । ‘१० कार्टुन खुकुरी रम, एउटा ब्ल्याक लेभल र अर्को एउटा डबल ब्ल्याक लेभल रक्सी जफत गरेका छौ । ‘प्रमुख सेढाईले भने ‘अन्त:शुल्क स्टिकर वा समान पनि नक्कली हो त्यो हेर्न बाकीं छ ।’ प्रमुख सेढाईका अनुसार डिलरले प्रयोग गरेको अन्त:शुल्क स्टिकर शंकास्पद रहेको छ ।

‘उजुरीका आधारमा प्रहरीको सहयोगमा अपरेसन जारी गरेका छौं,’प्रमुख सेढाईले भने, ‘जसको रक्सी शंकास्पद छ, त्यसलाई तत्काल सिलबन्दी गरेका छौं ।’ रक्सी पनि नक्कली हुन सक्ने हुँदा विज्ञहरूबाट परीक्षण भइरहेको उनले बताए । ‘पहिलो चरणमा स्टिकर हेरेका छौं,’ उनले भने, ‘त्यसपश्चात रक्सीको पनि परीक्षण हुन्छ ।’ ‘यूपी’ शक्तिको आधारमा अन्त:शुल्क लाग्छ । त्यसमा पनि कर छल्न खोजेको सेढाईको ठहर छ । कार्यालयले तनहुँ वाइन सपको व्यास–४ मा रहेको गोदाममा तालाबन्दी गरेको छ ।

नक्कली स्टिकरबाट धेरै ठूलो राजस्व नोक्सान हुने गरेको उनले बताए । उक्त पसलका संचालक श्रीराम खनाललाई प्रहरीले नियन्त्रणका लिएर थप अनुसन्धान गरिरहेको आन्तरिक राजस्व कार्यालय दमौलीले जनाएको छ ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा