तनहुँ । तनहुँको भानु नगरपालिकाको वडा नम्बर ९ चितिखोलामा ग्रिनहिल भिलेज सामुदायिक होमस्टेको उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, बन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त सामुदायिक होमस्टेको उद्घाटन गरेका हुन । शुक्रबार होमस्टे उद्घाटन गर्दै मन्त्री लम्सालले भने ‘स्थानीय स्तरमा होमस्टेले गर्दा रोजगारी पाएका छन ।’

होमस्टेले गर्दा गाउँ-गाउँ सामुदायिक भवन, भ्यु टावर, बाटा, चौतारी, गुफाको संरक्षण लगाएतका काम भएको मन्त्री लम्सालले बताए । नेपाल प्रकृतिले दिएको स्वर्गको टुक्रा भएको मन्त्री लम्सालले बताए । ‘श्रमको सम्मान गरि ग्रामीण क्षेत्रमा काम गरे मात्रै समृद्धिको यात्रा सफल हुन्छ ।’ उनले थपे ‘अनि मात्रै युवा विदेश पलायन हुन पर्दैन, यहीँ कमाउने र यहीँ नै रमाउने सपना साकार हुन्छ ।’
गण्डकी प्रदेशका जुन होमस्टेले ७५ प्रतिशत अर्गानिक खानेकुरा पाहुनालाई खुवाउछ त्यही होमस्टेले मात्रै अनुदान पाउने मन्त्री लम्सालले बताए । ‘गण्डकी प्रदेश अहिलेको वर्ष पर्यटन प्रवर्द्धनमा लागेको छ ।’ मन्त्री लम्सालले भने ‘अब प्रदेश सरकार उद्योग संचालन तर्फ अघि बढ्छ ।’

ग्रिनहिल सामुदायिक होमस्टेमा १७ घर परिवार संलग्न रहेको होमस्टेकी अध्यक्ष धनकुमारी सारु मगरले बताईन । २० घर धुरी दर्ता भएतापनि ३ घरमा भने अहिले होमस्टे संचालन भईसकेको छैन । मगर, तामाङ, पाण्डे र अन्य समुदायको समेत सहभागितामा उक्त होमस्टे संन्चालनमा आएको अध्यक्ष मगरले बताईन । महिलाद्वारा मात्रै होमस्टे व्यवस्थापन समितिका रहेको अध्यक्ष मगर बताउछिन । होमस्टेमा करिब १ सय ५० जना पाहुना होमस्टे उद्घाटन हुनुभन्दा पहिले नै आईसकेको उनले जानकारी दिईन । होमस्टेमा झ्याउरे, चुट्का र सेलो लगाएका नाचँ देखाईने अध्यक्ष मगरले बताईन । खानेपानी र पक्की सडक गाउँ सम्म नै व्यवस्था रहेको हुँदा पर्यटक लाई कुनै समस्या नहुने अध्यक्ष मगर बताउछिन । होमस्टेमा गाउँमै उत्पादन हुने कोदोको ढिडो, लोकल कुखुरा लगाएत गाउँकै खेतमा फलेको धानको चामलबाट खाना खुवाउने समेत अध्यक्ष मगरले बताईन । पैदलयात्रा र सडक दुबैबाट तनहुँको थानिमाई मन्दिर, मिर्लुङकोट, जङ्गल सफारीको व्यवस्था लगाएत होमस्टेका महत्त्वपूर्ण स्थान हो ।
तनहुँमा अहिले ४४ वटा होमस्टे संचालन भईरहेको डिभिजन बन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । भानु नगरपालिका भित्र मात्रै ८ वटा होमस्टे संचालनमा रहेको छ ।
साथै उक्त अवसरमा १५ दिने होमस्टे व्यवस्थापन तालिमको समेत समापन गरिएको थियो । तालिममा सहभागीलाई प्रमुख अतिथि लगाएतले प्रमाणपत्र प्रदान गरिएको थियो । साथै होमस्टेको सामुदायिक भवन निर्माणका लागी जग्गादान गर्ने स्थानीयलाई समेत सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
प्रदेश सरकारले पर्यटन र पुर्वधारमा विशेष ध्यान दिएको गण्डकी प्रदेशका सदस्य राम बहादुर गुरुङले बताए ।
कृषि र पर्यटन नै भानु नगरपालिकाको मुख्य आधार भएको भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए । धार्मिक, साँस्कृतिक र सहासिक पर्यटनका लागी भानु उपयुक्त गन्तव्य समेत रहेको उनले बताए । विभिन्न ऐतिहासिक स्थलको अवलोकन र भ्रमणका लागी भानु एउटा प्राकृतिक भर्जिन ठाउँ भएको प्रमुख गौलिले बताए ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’