किरण श्रेष्ठ, तनहुँ । मिर्लुङ्गकोटको प्रचारप्रसार गर्न पाचौं मिर्लुङ्गकोट पर्यटन महोत्सव सुरु भएको छ । तनहुँको भानु १३ मिर्लुङ्गकोट रानिपोखरीमा शुक्रबार देखी महोत्सव सुरु भएको छ । महोत्सव आगामी २० गतेसम्म हुनेछ ।
मिर्लुङ्गकोट पर्यटन सुचना केन्द्रको आयोजना तथा भानु नगरपालिकाको सहआयोजनामा उक्त महोत्सव भएको हो ।
महोत्सवको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रि विकास लम्सालले शुक्रबार उद्घाटन गरेका थिए । सो अवसरमा मन्त्री लम्सालले मेला महोत्सवले डाडा र गाउँमा समेत आन्तरिक पर्यटक भित्र्याउने बताए । पौराणिक र ऐतिहासिक स्थलहरुको संरक्षण गर्न सके राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुग्न सकिने मन्त्री लम्सालले बताए । बाह्य पर्यटकका लागि हिड्ने रुटको संरक्षण र ठाउँ ठाउँ विश्राम स्थल संगै पसल र बाँसका लागि होमस्टेको समेत व्यवस्था गर्नुपर्ने उनले बताए ।
स्थानिय पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य महोत्सव गरिएको मिर्लुङ्गकोट पर्यटन सुचना केन्द्रका अध्यक्ष सम्सेर बहादुर लम्सालले बताए ।
महोत्सवमा पर्यटन विकास सम्बन्धि अन्तरक्रिया कार्यक्रम, सांस्कृतिक तथा लोक दोहोरी कार्यक्रम हुने अध्यक्ष लम्सालले बताए । महोत्सवमा प्याराग्लाईडिङ्ग, कृषि तथा जडिबुटी प्रदर्शनी, सांस्कृतिक ग्रामको भ्रमणको समेत व्यवस्था रहेको लम्सालले बताए ।
स्थानिय कलाकारहरुलाई यसपाली महत्वका साथ स्थान दिइएको केन्द्रका सचिव इमान थापाले बताए । स्थानिय खानाका परिकार र जडिबुटी तथा कन्दमुलको प्रदर्शनी तथा खरिदबिक्री समेत् हुने थापाले बताए ।
लालिगुराँस मुख्य आकर्षण
महोत्सव स्थल वरपरका जंगलमा अहिले राताम्मे लालिगुराँस फुलेका छन । महोत्सवमा जाने अधिकांस युवा युवतीदेखि वृद्धवृद्दा समेत लालिगुराँस फुल टिप्ने र फोटो खिच्ने गरेको देखिन्छ ।
लालिगुराँस नेपालको राष्ट्रिय फुल समेत हो । साथै मिर्लुङ्गकोटबाट पहाडका तरेली समेत हेर्न सकिन्छ । पहाडकी महारानी समेत भनेर मिर्लुङ्गकोटलाई चिनिन्छ ।
कसरि पुग्ने ?
महोत्सव मिर्लुङ्गकोटमा अवस्थित रानीपोखरी वरपरको क्षेत्रमा सुरु भएको हो । तनहुँको डुम्रेबजार हुदैँ भानु नगरपालिका हुदै मिर्लुङ्गकोट पुग्न सकिन्छ ।
उक्त रानीपोखरि धर्माङ्गगत राजाको दरबार अगाडी रहेको ऐतिहासिक पोखरी हो । आकाशबाट आएको पानिबाट पोखरी बनेको छ । मिर्लुङ्गकोटको केहि तल दक्षिणतर्फ समुन्द्री सतहबाट करिब १५३९ मिटर उचाईमा उक्त पोखरी अवस्थित छ । तनहुँको दोस्रो अग्लो चुचुरो समेत हो, मिर्लुङ्गकोट ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’