किरण श्रेष्ठ, तनहुँ । चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाएको छ ।
अस्पतालमा विशेष सावधानी अपनाउन, भिडभाड गरेर फागु नखेल्न, ठुला सभा तथा समारोह र भोजभतेर नगर्न जिल्ला प्रशासन कार्यालय तनहुँले आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार जिल्लाका चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न दमौली अस्पतालसंग समेत छलफल गरिएको उनले जनाकारी दिए । रोगको सङ्क्रमणदेखि भईहालेमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उनले जानकारी दिए ।
जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारि पण्डितका अनुसार यहि फागुन २४ देखि २६ गते सम्म दमौलीमा शुरु हुन लागेको दोस्रो राष्ट्रिय साहित्य सम्मेलन कविता प्रतियोगिता र विश्व हिन्दु महासंघ नेपालको आयोजनामा आगामी चैत १ देखि ४ गते सम्म हुन लागेको सनातन धर्म संस्कृति विषयक अन्तराष्ट्रिय महासम्मेलन समेत रोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा जनहितमा जारी सूचना ।
जिल्लामा हुन लागेको मेला महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग छलफल गर्न लागिएको उनले जानकारी दिए । त्यस्तै फागु पुर्णिमामा जिल्लामा हुने कार्यक्रम समेत रोकिने उनले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहलाई कोरोनाबाट बच्ने उपायबारे सचेतनामुलक कार्यक्रम गर्न अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी पण्डितले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिए । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उनले बताए ।
यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको भन्दै उनले भने, ‘यस विषयमा सञ्चारमाध्यमले आम नागरिकलाई बुझाइदिनुपर्यो ।’ निरन्तर रुघा खोकी लागे र ज्वरो आईरहे स्वास्थ्य संस्थामा गई चेकजाच गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन