तनहुँ । तनहुँको दमौलीमा १०८ फिट अग्लो व्यास मूर्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञबाट तीन करोड ४८ लाखभन्दा बढी रकम बचत भएको आयोजकले जनाएको छ । व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गत माघ २० देखि २८ गतेसम्म आयोजना गरेको महायज्ञबाट तीन करोड ४८ लाख ३६ हजार ९७७ बचत भएको हो ।
महायज्ञमा आर्थिक सहयोगबापत तीन करोड ६६ लाख ६७ हजार २८५ रुपैयाँ, कलश विक्रीबाट ५३ हजार ८०० रुपैयाँ, दानपेटिकाबाट ९२ हजार ६६३ रुपैयाँ र धान चामलबाट २७ हजार ८२१ गरी कूल तीन करोड ६८ लाख ४१ हजार ५७० रुपैयाँ आम्दानी भएको महायज्ञका आर्थिक संयोजक मङ्गलप्रसाद श्रेष्ठले जानकारी दिए । विकास कोषले बिहिबार दमौलीमा पत्रकार सम्मेलनमार्फत महायज्ञको आयव्यय सार्वजनिक गर्दै उक्त रकम बचत भएको जानकारी गराएको हो ।
महायज्ञमा कूल २० लाख चार हजार ५९२ रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञबाट आम्दानी भएको एक करोड ४७ लाख ५५ हजार ३८६ रुपैयाँ सिद्धार्थ बैंक लिमिटेडमा मौज्दात रहेको र एक करोड ८७ लाख २२ हजार ९४१ रुपैयाँ प्रतिबद्धता बमोजिमको रकम उठ्न बाँकी रहेको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । त्यस्तै १२ लाख ५४ हजार ३६९ रुपैयाँ बराबरको चेक सटही गर्न बाँकी रहेको छ ।
महायज्ञबाट सङ्कलन भएको रकमले काम शुरु गर्न प्रेरणा मिलेकोले अब छिट्टै नै मूर्ति निर्माणको कामलाई सुरु गरिने विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए ।
मूर्ति निर्माणका लागि महायज्ञबाट सङ्कलन भएको रकम पर्याप्त नभएकाले सङ्घीय र प्रदेश सरकारबाट पनि सहयोग हुने श्रेष्ठले विश्वास व्यक्त गरे । महायज्ञको उद्घाटनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र समापनका अवसरमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।
१०८ फिटको व्यास मूर्ति निर्माणका लागि बनाइएको गुरुयोजनाअनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड खर्च हुनेछ । सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ । गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउन्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’