नवलपुर । नवलपुरको देवचुली नगरपालिका-१७ बस्ने कञ्चन रेग्मीको शरिरमा भैँसीलाई लगाउने खोरेतको भ्याक्सिन परेपछी अहिले भरतपुर अस्पताल चितवनमा भर्ना भएकी छन् ।
गत फागुन १५ गते देवचुली नगरपालिकाको पशु स्वास्थ्य कार्यालय अन्तर्गत खोरेतको भ्याक्सिन लगाउन गएको जनप्रतिनिधी सहितको टोलीबाट रेग्मीको दाहिने हातको पाखुरामा भ्याक्सिन परेपछी त्यसको असरले अस्पतालमा भर्ना भएकी हुन ।
शरिर सुनिने र सास फेर्न असहज हुने अवस्था देखिएपछी मंगलबार रेग्मीलाई भरतपुर अस्पताल पुर्याइएको पारिवारिक स्रोतले जनाएको छ ।
देवचुली नगरपालिकाको पशु स्वास्थ्य कार्यालयले भ्याक्सिनको लागि खटाएको प्राविधिक एंव देवचुली नगरपालिका वडा नम्बर १६ की सदस्य महिला जनप्रतिनिधी समेत रहेकी जानकि गुरौँ लामिछानेले भैँसिलाई भ्याक्सिन लगाउने क्रममा कञ्चनको दाहिने हातमा भ्याक्सिनले चोट पुगेको थियो ।
भैसिलाई भ्याक्सिन लगाउदा भैसी चलेपछी उनिसँगै रहेकि कञ्चनको हातमा भ्याक्सिनले चोट पुगेको जानकि गुरौँले बताइन । विगत १५ वर्ष अघिदेखि निरन्तर रुपमा पशु स्वास्थ्यसँग सम्बन्धित काम गर्दै आएको समेत गुरौँको दाबि छ ।

नगरपालिकाले प्रदान गरेको ३५ दिने तालिम पश्चात गुरौँ खोरेतको भ्याक्सिन लगाउन हिडेकि देवचुली नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख श्याम कृष्ण तिवारीले बताएका छन् ।
भ्याक्सिन लगाउने क्रममा भैँसि चलेपछि कञ्चनको हातमा सुईले चोट पुर्याएको तर भ्याक्सिनले मानिसको शरीरमा असर नगर्ने समेत प्रमुख तिवारीको दाबी छ ।
नगरपालिकाले खटाएको कर्मचारीबाट गल्ति भएकाले पनि त्यसको खर्च देवचुली नगरपालिकाले ब्यहोर्ने पशु स्वास्थ्य शाखा प्रमुख तिवारीले बताए ।
शरिरमा भ्याक्सिनले चोट पुर्याएको बताएकी कञ्चनले ईलाका प्रहरी कार्यालय रजहरमा समेत उजुरी गरेकी छन् । जनप्रतिनिधी समेत रहेकी जानकी गुरौँले बेवास्ता गरेको भन्दै दोषिलाई कारवाही र आफूँलाई उपचारको माग राख्दै कञ्चनले प्रहरीमा उजुरी गरेकी हुन् ।
लामिछानेले बिना लाइसेन्स खोरेतको भ्यक्सिन भैंसीलाई लगाउदा आफ्नो दाइने हातमा हानिदिएको रेग्मीले बताएकी छिन । श्रीमानको लाइसेन्स छ भन्दैमा लामिछानेले भ्याक्सिन लगाउदै हिंडेको समेत रेग्मीले बताईन । के जनप्रतिनिधिको काम लाइसेन्स बिना भ्यक्सिन लगाउदै हिंड्ने हो ? भनेर समेत प्रश्न गरेकी छिन ।
पुरा भिडियो :
https://www.facebook.com/100007689644890/videos/2531885387077758/?id=100007689644890&eid=ARD8-W0Y9L0IBQXEPcp7JW4v28g5fn2zMph-YievcOafVMKyoqqOvfP9HCXtZ3TWzzJSjv0IkQ50yw6-
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ