तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं १० उपल्लो सेवरमा औषधि उद्योग निर्माण हुने भएको छ । पोखरा फर्मास्वीटिकल्स प्रा.ली.द्धारा उद्योग निर्माण हुन लागेको हो ।
४८ रोपनि क्षेत्रफलमा ४० करोडको लागतमा बन्न लागेको औषधि उद्योगले ३० प्रकारका एलोप्याथिक औषधि उत्पादन गर्ने लक्ष्य राखेको पोखरा फर्मास्वीटिकल्स प्रा.लीका अध्यक्ष कालिदास पौडेलले जानकारी दिए ।
२ वर्ष भित्रमा भवन निर्माण कार्य सम्पन्न गरी भवनबाट नै पुर्ण रुपमा औषधि उत्पादन गरिने अध्यक्ष पौडेलको बताए ।
व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास नगरपालिका उद्योगमैत्री बन्दै गएको बताए । पछिल्लो समय व्यास नगरपालिका भित्र विभिन्न उत्पादन मुलक उद्योगहरुको दर्ता हुने क्रम बढ्दै गएकाले व्यास नगरपालिका भित्र उद्योग सन्चालन गर्न चाहने उद्योगी व्यवसायीहरु लाई नगरपालिकाले सहयोग गर्दै आएको बताए ।
भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले व्यास नगरपालिकामा उद्योगहरुको स्थापना हुनु भनेको व्यास नगरपालिकाभित्र रोजगारीको र्सिजना हुनुका साथै भौतिक विकासले पनि तिब्रता पाउने भएकाले उद्योगहरु संचालनका लागि सहज वातावरण व्यास नगरपालिकाले निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
भवन शिलान्यास कार्यक्रममा व्यास नगरपालिका वडा नं १० का वडा अध्यक्ष तुलसिराम सापकोटाले उद्योगले स्थानियहरुमा रोजगारीको र्सिजना गर्ने भएकाले स्थानियहरु संग सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’