तनहुँ । नेपालको अस्पताललाई विश्वास गरेर, नेपालका स्वास्थ्यकर्मी र प्रविधिमाथि विश्वास गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै मृगौला प्रत्यरोपण गरेर सकारात्मक सन्देश प्रवाह भएको राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानले सो कुरा बताएकी हुन । सो कुरा सदस्य न्यौपानेले राष्ट्रिय सभाको बैठकमा बताएकी हुन ।
साथै उनले स्वदेशमै उपचार गराएका प्रधानमन्त्रीलाई पनि धन्यवाद पनि दिईन । बैठकमा बोल्दै उनले भनिन ‘नेपालमा अहिले निरासा फैलाउने र आशा जगाउनेहरु बीच द्धन्द छ । विकास र समृद्धि चाहनेहरु र नचाहनेहरु बीच द्धन्द छ ।’
‘अहिले देशमा निरासा फैलाउने र उत्साह जगाउने बीचमा अन्तरविरोध छ’– उनले भनिन्– ‘अहिले विकास चाहने र नचाहनेबीच द्धन्द छ । समृद्धि चाहने र नचाहनेहरुको बीचमा द्धन्द छ । अहिले देशमा भ्रम सिर्जना गर्न चाहनेहरु र सत्य बोल्नेहरु बीच द्धन्द चलिरहेको छ । राष्ट्रिय सभाले निरासा विरुद्ध आशा जगाउने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ ।’
उनले नेपाली मिडियाले पनि बहसलाई विवाद र आलोचनालाई विरोध भनेर गल्ती गरिरहेको बताइन् ।
राष्ट्रिय सभालाई आफूले गत दुई वर्षको अवधीमा नियालेर हेरेको उनले बताइन्– ‘मैले राष्ट्रिय सभाको बैठक लाइभमा पनि हेर्ने गरेको थिएँ । राष्ट्रिय सभालाई उच्च गर्वयुक्त बनाउन यसका सदस्यहरुले यो दुई वर्षमा खेलेको भूमिकाको प्रशंसा गर्दछु ।’
‘हामी बहस गर्छाैं तर विवाद भयो भनेर प्रचार गरिन्छ’– उनले भनिन्– ‘विचारमा असहमति राखिन्छ तर त्यसलाई विरोध ठानिन्छ । राष्ट्रिय सभामा बहस भएको देख्छु, विवाद भएको देख्दिन ।’
पूरा भिडियो :
https://youtu.be/Kn1QK3Rt3kw
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन