तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीले विविध कार्यक्रम गरि ‘रोटा सप्ताह’ मनाएको छ । क्लबले पहिलो दिन सप्ताहको उद्घाटन क्लबका सदस्यहरु बीच होलि खेलेर गरेको थियो ।
दोस्रो दिन अन्सन चौतारी परिसरमा महर्षि वेदव्यासको मुर्ति सहितको संरचना निर्माणको ब्यानर परिवर्तन गरिएको थियो ।
त्यसैगरि तेस्रो दिन विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सम्बन्धि सचेतनामुलक पोस्टर विद्यालय र सार्वजनिक स्थलमा राखिएको थियो ।
चौथो दिन वेदव्यास जेष्ठ नागरिक वृद्धा आश्रमलाई सहयोग संगै क्लबका अध्यक्ष मनोज राउतको जन्मदिन समेत मनाइएको थियो ।
त्यस्तै रोटा सप्ताहको पाचौं दिन रोटरी र रोट्रयाक्ट क्लब बीच संयुक्त बैठक भएको थियो । त्यस्तै छैटौं दिन सरकारी कार्यालय संग मैत्रीपुर्ण टेबलटेनिस खेलेको थियो ।
त्यस्तै आइतबार क्लबले आफ्नो विदेशको मितेरी क्लब संग अनलाईन मार्फत क्लब गतिविधि साटासाट र छलफल गर्ने क्लबका इन्टरनेशनल सर्भिस डिरेक्टर धिरज श्रेष्ठले जानकारी दिए ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो तर काम सकिएन
तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन
तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग