गण्डक न्युज पोखरा, २८ पुस / कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्न स्थानीय सिक्लेस युवा क्लबले यस वर्ष पनि माघे मेलालाई निरन्तरता दिँदैछ । क्लबको २३ औं बार्षिकोत्सवको अवसर पारेर यही माघ १ गते देखि ४ गते सम्म मेला आयोजना हुने क्लबले पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
क्लबका उपाध्यक्ष पदम गुरुङका अनुसार कार्यक्रमको निरन्तरतासँगै परम्परागत रुपमा मानिदै र पुजिँदै आएको स्थानिय तीर्थस्थलहरु म्हउदु क्यु र फैमक्यु को प्रचार प्रसार, संरक्षण र विकास गर्नु मूल उद्देश्य रहेको जनाए ।
पोखराबाट करिब ३ घन्टामा पुग्न सकिने सिक्लेसमा होम स्टे र होटलहरु संचालनमा छन् । पुष ३० गतेबाट नै मेलाका लागि थप बस र जिपहरु संचालन गरिने अध्यक्ष गुरुङले बताए । मेला आयोजना गर्नुको उद्धेश्य गाँउमा थप व्यवस्थित होम स्टे संचालन गर्ने लगायत रहेका छन् । साथै, क्लबको लक्ष्य जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने, प्रौढ कक्षा संचालन गर्ने, युवाहरुका लागि १० वर्षे लक्ष्य सुचक तयार गर्ने, विश्व प्रतिष्पर्धी शैक्षिक जनशक्ती तयार गर्न विद्यालयमा अंग्रेजी र गुरुङ भाषालाई प्रवद्र्धन गर्ने रहेको उनले जनाए ।
मेलामा पौराणिक घाटु नृत्य, लोपन्मुख लोक भाकाहरुको प्रस्तुति, स्थानिय उदयिमानन सांगितिक समुहको प्रस्तुति, बालबालिका तथा प्रौढहरुका लागि आकर्षक खेलहरु तथा दोहोरी साँझ पनि मेलाका मुख्य आकर्षण रहने जनाईएको छ ।
सिक्लेस माघे मेलामा पराम्परगत खेलकुद, सांस्कृतिक कार्यक्रम लगाएत भलिबल र बास्केटबल पनि मुख्य आकर्षण रहने क्लबका सचिब मिलन गुरुङले जानकारी दिए । सचिव गुरुङका अनुसार माघे मेलामा अन्तर पुरुष भलिबल, बास्केटबलमा प्रथम हुने टिमले नगद ५० हजार र दोस्रो हुनेले नगद ४० हजारका साथमा मेडल तथा ट्रफी प्राप्त गर्ने छन् । अहिले सम्म दुबै खेलमा १५ टिमले नाम दर्ता गराईसकेको उनले जानकारी दिए ।
त्यस्तै महिला तर्फको भलिबल र बास्केटबलमा प्रथम हुने टिमले नगद २० हजार र दोश्रो हुने टिमले १५ हजार, खुल्ला डोरी तान्ने खेलमा प्रथमले १५ हजार र दोश्रोले १० हजार प्राप्त गर्ने सचिव मिलन गुरुङले बताए । मेलामा अन्तर गाँउस्तरीय सामुहिक नृत्य प्रतियोगिता पनि हुनेछ ।
उक्त प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, दोश्रो हुनेले नगद ३० हजार र तेश्रोले नगद २० हजार प्राप्त गर्नेछन् । भेषभुषा र नृत्य निर्देशकले पनि नगद ८ हजार पाउने क्लबले जानकारी दिएको छ । यसका साथै मेलामा पराम्परगत छेलो हान्ने प्रतियोगिता पनि हुनेछ ।
मेला संचालन गर्न करिब १० लाख ५५ हजार खर्च लाग्ने र खर्च ८ लाख ५ हजार हुने क्लबले जनाएको छ । यो रकम देश बिदेशमा रहेका शुभेच्छुक र शुभचिन्तकहरुबाट प्राप्त भएको सचिब गुरुङले बताए । उक्त मेलाको उदटन प्रदेश सांसद मनबहादुर गुरुङले गर्नेछन् ।
Pic. Suraj Tamu
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?