म्याग्दीमा जीप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । गम्भीर दुई जनालाई बेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा ल्याइएको छ ।
घाइतेमध्ये ९ वर्षीय मिञ्जा पुन र ४१ वर्षीय देवी गर्वुजालाई थप उपचारको लागि एयर डाइनेष्टीको हेलिकोप्टरमार्फत मणिपाल अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।
दुर्घटनामा परी सुकमायाँ गर्वुजा, युवी गर्वुजा, मनबहादुर तीलिजा, हमायाँ पुन, बर्षा शेरपुञ्जा, साविना शेरपुञ्जा घाईते भएको प्रहरीले जनाएको छ । उनीहरूको बेनी अस्पतालमै उपचार भइरहेको छ ।
शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा ग २ च ५९८८ नम्बरको बोलेरो जीप दुर्घटना हुदाँ आठ जना घाइते भएका थिए । दग्नामबाट बेनीतर्फ आउँदै गरेको जीप दुर्घटनामा परि घाइते भएकाहरूमध्ये गम्भीर दुई जनालाई बेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकोप्टरमार्फत पोखरा ल्याइएको हो ।
सम्बन्धित खबर
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
भाइरल भेलु बाजे ‘मीन बहादुर बुढा’ को निधन
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
कास्कीलाई सडक मानवमुक्त जिल्ला मनाइने
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते
मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ जारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग