लेखनाथ, २६ पुस । कास्की जिल्लाको पुर्वी भेक रुपा गाउपालिकामा पुस २९ आजदेखि रुपा मेला २०७४ सुरु हुँदैछ ।
ध्रुव तारा क्लवले विगतका वर्ष जस्तै यस बर्ष पनि माघ २ गते सम्म आयोजना गरेको चार दिने मेला रुपा गाउपालिका वडा नं ६ को भिरचोकमा हुन लागेको हो । क्लवको १८औं बार्षिकोत्सवका अवसरमा राखिएको मेलाको तयारीका लागि गठन भएका बिभिन्न उपसमितिले आआफनो जिम्माको काम पुरा गरको अन्तिम चरणमा जुटेको क्लवका अध्यक्ष प्रेम कुमार खड्काले जानकारी दिएका छन् ।
वि स २०६० साल देखि निरन्तर रुपमा गर्दै आएको मेलाले यस क्षेत्रको शौक्षीक,आर्थीक र भौतीक विकासमा टेवा पु¥याउदै आन्तरिक एवंम बाह्यि पर्यटन विकासमा सहयोग पुग्ने बिश्वास लिईएको छ।
मेलाको मुख्य आर्कषणका रुपा ध्रुबतारा भलिवल प्रतियोगिता,विद्यालय स्तरीय नृत्य प्रतियोगिता,मावि हाजिरीजवाफ प्रतियोगितका,निःशुल्क स्वास्थ्य सिविर र साथमा विबिध सास्कृती कार्यक्रम सहित दोहोरी तथा हास्य ब्यङय कलाकारहरुको प्रस्तुती रहने छन् ।
रुपा गाउपालिकालाई नमुना योग्य पर्यटन गाउको रुपमा विकास गराउने उदेस्यले राखिएको मेलाले यस क्षेत्रमा होमस्टे पर्यटन विकास,जैविक बिविधताको संरक्षण,ग्रामिण पदयात्राको विकास गराउने लक्ष्य राखेको छ ।
मेलामा करिब ६ लाख ५० हजार को आम्दनी र ४ लाख ५० हजार खर्च लाग्ने क्लबले अनुमान गरेको छ। मेला बाट बचत रकम क्लबको निर्माणाधीन हात्तिमैता भ्युपोइन्ट र बर्नेपोखरी रंगशाला निर्माणका लागी खर्च गरिने आर्थिक संयोजक तुल कुमार गुरुङले जानकारी दिएका छन्।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे