लेखनाथ, २६ पुस । कास्की जिल्लाको पुर्वी भेक रुपा गाउपालिकामा पुस २९ आजदेखि रुपा मेला २०७४ सुरु हुँदैछ ।
ध्रुव तारा क्लवले विगतका वर्ष जस्तै यस बर्ष पनि माघ २ गते सम्म आयोजना गरेको चार दिने मेला रुपा गाउपालिका वडा नं ६ को भिरचोकमा हुन लागेको हो । क्लवको १८औं बार्षिकोत्सवका अवसरमा राखिएको मेलाको तयारीका लागि गठन भएका बिभिन्न उपसमितिले आआफनो जिम्माको काम पुरा गरको अन्तिम चरणमा जुटेको क्लवका अध्यक्ष प्रेम कुमार खड्काले जानकारी दिएका छन् ।
वि स २०६० साल देखि निरन्तर रुपमा गर्दै आएको मेलाले यस क्षेत्रको शौक्षीक,आर्थीक र भौतीक विकासमा टेवा पु¥याउदै आन्तरिक एवंम बाह्यि पर्यटन विकासमा सहयोग पुग्ने बिश्वास लिईएको छ।
मेलाको मुख्य आर्कषणका रुपा ध्रुबतारा भलिवल प्रतियोगिता,विद्यालय स्तरीय नृत्य प्रतियोगिता,मावि हाजिरीजवाफ प्रतियोगितका,निःशुल्क स्वास्थ्य सिविर र साथमा विबिध सास्कृती कार्यक्रम सहित दोहोरी तथा हास्य ब्यङय कलाकारहरुको प्रस्तुती रहने छन् ।
रुपा गाउपालिकालाई नमुना योग्य पर्यटन गाउको रुपमा विकास गराउने उदेस्यले राखिएको मेलाले यस क्षेत्रमा होमस्टे पर्यटन विकास,जैविक बिविधताको संरक्षण,ग्रामिण पदयात्राको विकास गराउने लक्ष्य राखेको छ ।
मेलामा करिब ६ लाख ५० हजार को आम्दनी र ४ लाख ५० हजार खर्च लाग्ने क्लबले अनुमान गरेको छ। मेला बाट बचत रकम क्लबको निर्माणाधीन हात्तिमैता भ्युपोइन्ट र बर्नेपोखरी रंगशाला निर्माणका लागी खर्च गरिने आर्थिक संयोजक तुल कुमार गुरुङले जानकारी दिएका छन्।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !