तनहुँ । भारतको विभिन्न सहरमा अध्ययनका लागि गएका विद्यार्थीलाई स्वास्थ्य परिक्षण पछि पोखरा जान अनुमति दिइएको छ ।
२२ विद्यार्थीसहित पोखरा तर्फ आउदै गरेको यात्रुवाहक बसलाई गण्डकी प्रदेशको प्रवेशद्वार मुग्लिन स्थित पुलाजिपमा रोकिएको थियो ।
उक्त बसमा सवार सम्पुर्णको स्वास्थ्य परिक्षण गरेपछि पोखरा जना अनुमति दिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
बसका अन्य ४ कर्मचारीको पनि स्वास्थ्य परिक्षण सामान्य देखिएकाले बस छोडिएको प्रहरीले जनाएको छ ।
भारतको विभिन्न सहरमा अध्ययन गर्न गएका २२ विद्यार्थी शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्सको ग १ ख ९०१८ नम्बरको बसमा सवार छन ।
‘भारतको देहरादुन लगाएत विभिन्न सहरमा अध्ययन गर्न गएका विद्यार्थी आफ्नो घर फर्केका रैछन ।’ डिएसपी लामिछानेले भने ‘स्वास्थ्य परिक्षणमा सबै सामान्य देखियो ।’ उनले थपे ‘घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरि बस र विद्यार्थीलाई जान अनुमति दिएका हौ ।’
फिवर थर्मल गनको सहायताले उनीहरुको स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले बताए ।
अहिले एम्बुलेन्स, खाद्यान्न, प्रेस, सुरक्षा निकायको मात्र सवारी चलेको उनले बताए । ‘बिहान केहि प्राइभेट सवारी चलेतापनी अहिले चलेको छैन ।’ प्रहरी निरिक्षक सुवेदीले भने ‘औषधि पसल, तरकारी पसल र पेट्रोल पम्प मात्रै खुल्ला छ ।
उनीहरु विभिन्न ठाउँमा चेकिङ पार गर्दै आएका बताइएको छ । प्रदेश ५ सरकारले अनुमति दिएपछि पोखराका विद्यार्थी सवार सो बस मुग्लिङ हुँदै पोखरा प्रवेश गर्न लागेको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’