तनहुँ । सरकारले आज मंगलबारदेखि लागु हुनेगरि सुरु गरेको नेपाल लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउनेलाई जिल्ला प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ।
सदरमुकाम दमौलीमा लकडाउनको अवज्ञा गर्ने दुई दर्जनभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
लक डाउनलाई मध्यनजर गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको सिलवालले बताए । अत्यावश्यक बाहेकका २ वटा जिप, २ वटा ट्रक सहित दर्जनौ मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको हो । लामो दुरीका ४० वटा ट्रकलाइ साझ जिल्लाबाट पास गराइएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले बताए ।

लक डाउन गर्ने सरकारी निर्णयलाई कार्यान्वयन गर्दै कोरोनाबाट संक्रमित हुन र अरु कसैलाई संक्रमित हुन नदिन प्रहरीले सबैसँग आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक सवारी साधानहरुलाई चलाउन छुट दिएको छ भने सर्वसाधारणहरुलाई आवश्यक परेको अवस्थामा सवारी सवारीसाधान सञ्चालनका लागि पासको समेत व्यवस्था गरेको छ।
जिल्लाका बजारहरू छिटफुट रुपमा खुलेका छन् । जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा केही संख्यामा पसलहरुल सञ्चालमा छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन