तनहुँ । सरकारले आज मंगलबारदेखि लागु हुनेगरि सुरु गरेको नेपाल लकडाउनको अवज्ञा गर्दै सवारीसाधन चलाउनेलाई जिल्ला प्रहरी कार्यालय तनहुँले कारबाही गरेको छ।
सदरमुकाम दमौलीमा लकडाउनको अवज्ञा गर्ने दुई दर्जनभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।
लक डाउनलाई मध्यनजर गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको सिलवालले बताए । अत्यावश्यक बाहेकका २ वटा जिप, २ वटा ट्रक सहित दर्जनौ मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको हो । लामो दुरीका ४० वटा ट्रकलाइ साझ जिल्लाबाट पास गराइएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले बताए ।

लक डाउन गर्ने सरकारी निर्णयलाई कार्यान्वयन गर्दै कोरोनाबाट संक्रमित हुन र अरु कसैलाई संक्रमित हुन नदिन प्रहरीले सबैसँग आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक सवारी साधानहरुलाई चलाउन छुट दिएको छ भने सर्वसाधारणहरुलाई आवश्यक परेको अवस्थामा सवारी सवारीसाधान सञ्चालनका लागि पासको समेत व्यवस्था गरेको छ।
जिल्लाका बजारहरू छिटफुट रुपमा खुलेका छन् । जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा केही संख्यामा पसलहरुल सञ्चालमा छन् ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो