तनहुँ । तनहुँको व्यास २ दमौली स्थित रहेको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द रहेपनि सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने भएको छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर राख्दै सरकारले नेपालभर लकडाउन गरेको अवस्थामा सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।
यस्तो परिस्थितीमा खाद्यान्नको अभाव, औषधी, उपचार लगायत समस्या भए संस्थाका जिम्मेवार व्यक्तिलाई फोन सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ ।
खातामा पैसा भएका सदस्यले जस्तोसुकै परिस्थितीमा पनि सहकारीले सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी यम कुमार बतासले जानकारी दिए । जिवन र मरण जस्तो सुकै अवस्थामा भएपनि संस्था सधै सदस्य समर्पित रहेको बतासले बताए ।
‘हाम्रा सदस्य र सदस्यको परिवार बिरामी भएर उपचार गर्नुपर्ने अवस्थामा पनि संस्था अर्लट रहेको छ’ बतासले भने ‘सहकारी भनेकै सदस्य हो, सदस्य हाम्रा भगवान् हुन्’‘जस्तो सुकै अवस्था र परिस्थितीमा पनि हामी सदस्यको सेवा गर्ने छौं । सदस्यलाई कुनै समस्या भए ९८५६०२६६०३ मा सम्पर्क गर्न सक्नुहुन्छ ।’
विश्वभर फैलिइरहेको उक्त महामारीको जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको निर्णयको पालना गर्न समेत संस्थाले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’