गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
तनहुँ । नेपाल लकडाउनको समयमा दैनिक गुजारा टार्न समस्या पर्ने आफ्नो निर्वाचन क्षेत्रका जनतालाई तनहुँका सांसदले सहयोग गर्ने भएका छन् ।
तनहुँ क्षेत्र १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले सार्वजनिक अपिलमार्फत सो जानकारी गराएका हुन् ।
उनले लकडाउनको अवस्थामा दैनिक ज्यालादारी काम गरेर खाने तथा विपन्न जनतालाई दैनिकी चलाउने समस्या भएमा आफूलाई फोन र सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न आफ्नो र सहयोगीको नम्बरसमेत दिएका छन् ।
‘यस्तो परिस्थितिमा म भौतिक रुपमा तपाईंहरु समक्ष आउन नसके पनि दैनिक जीवन गुजारा गर्न समस्या हुनेहरुले सम्पर्क गर्नुहोला र म सहयोगको व्यवस्था गर्नेछु ।’ सांसद श्रेष्ठले भने ‘देशको अवस्था सामान्य भइसकेपछि म तपाईंहरुको अवस्था बुझ्न घरघरमै आउनेछु ।’
उनले तनहुँका जनताले आफूलाई अभिभावक सम्झेर समस्याको बारे जानकारी गराएमा तत्काल सहयोग गर्ने बताएका छन् ।
सम्बन्धित खबर
युवा संघ स्याङ्जाको आगलागी पीडितलाई सहयोग
बागलुङ कालिका दर्शन गरी तनहुँ फर्कँदै गर्दा पोखराको हेम्जामा बस दुर्घटना
डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी
एशिया कप ट्रायथलन : इजिप्टका सिफेल्दिन र इजरायलकी इड्डा बने च्याम्पियन
फूलबारीमा अटो दुर्घटना हुँदा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग