तनहुँ । तनहुँको दमौली बजारमा किटानाशक औषधी छर्किएको छ । व्यास नगरपालिका वडा नं ३ अन्तर्गत दमौली बजारको विभिन्न भागमा कोरोना भाइरसलाई लक्षित गर्दै किटनाशक औषधी छर्किएको व्यास-३ का वडा सदस्य रबिन पौडेलले बताए ।
बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाइएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई बजार क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र बजार क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, तरकारी बजार लगायत ठाउँहरुमा किटनाशक औषधी छरिएको वडा सदस्य पौडेलले बताए ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीसँग उनले आग्रह समेत गरे ।

आइतबार प्रशासनचोक देखि पशु कार्यालय, निमचोक, महर्षि चोक लगायतका स्थानहरुमा किटनाशक औषधी छरिएको हो ।
किटनाशक औषधीका लागि सयौं हातका सदस्य लक्ष्मीभक्त खनाल युवा व्यवसायी सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेल, मनबहादुर रुचाल लगायतबाट १४ हजार ५ सय रुपैयाँ सहयोग संकलन भएको थियो ।

किटनाशक औषधी छर्कने अभियानमा सुदीप काफ्ले, प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ ,मिनबहादुर गुरुङ(चरी बाबा) लगायतले सहयोग पुर्याएको वडा सदस्य रविन पौडेलले बताए ।

भिडियो :
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु