किरण श्रेष्ठ, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्नेलाई चौरमा राखेर कोरोनाबारे सचेतना दिन थालेको छ । सोमबारदेखि प्रहरीले बिना अत्यावश्यक काम घर बाहिर निस्कनेहरु लाई नियन्त्रणमा लिएर कोरोनाबारे सचेतना दिन थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन उल्लंघन गर्नेहरुमाथि प्रहरीले कारबाही तीव्र बनाएको छ । सोमबार प्रहरीले ५६ जना पुरुष र ४ महिला गरी ६० जनालाई चौरमा राखेर कोरोना सम्बन्धि सचेतना दिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
‘आज पहिलो दिन भएर १ घण्टा मात्रै राखेर छोडियो ।’ डीएसपि लामिछाने भने ‘भोलिदेखि झनै कडा रुपमा अघि बढ्नेछौ ।’ उनले थपे ‘यो अभियान निरन्तर जारि रहनेछ ।’ सो अवसरमा मास्क नलगाउने सर्वसाधारणलाई मास्क समेत वितरण गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई सामाजिक दूरी कायम गरी कोरोना र लकडाउनको बारेमा जानकारी गराइने छ । आदेश उल्लंघन गर्नेविरुद्ध कारबाहीको नयाँ नियमस्वरुप होल्ड गरेर सचेतना शिक्षा दिन थालिएको उनले जानकारी दिए ।
लकडाउनको आइतबारसम्म जिल्लाका विभिन्न क्षेत्रबाट ४ सय ५२ सवारीलाई नियन्त्रणमा लिइएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी लकडाउन गर्ने निर्णय गरेको थियो । उक्त लकडाउन चैत १८ गते बिहानसम्म लागू हुने थियो । तर आइतबार मन्त्रिपरिषद्को बैठकले चैत २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

अहिलेसम्म नेपालमा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एक जना निको भएर घर फर्किसकेका छ्न भने ४ जना उपचाररत छन । पाँचै जना विभिन्न मुलुकबाट फर्किएका नेपाली हुन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’