गण्डक न्युज पोखरा, ४ माघ । नेतृत्व तहमा युवाको उपस्थिती कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै हरेक क्षेत्रमा यूवाको निर्णायक सहभागिता हुनुनपर्नेमा जोड दिईएको छ । भर्सटाइल युथ सोसाईटी, पोखराले गरेको नेतृत्वमा युवाको सवालबारे अन्तरक्रियामा युवा सांसद पदम गिरीले राजनीतिमा यूवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
पर्वतबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित उनले युवाहरुको उपस्थितीले मात्रै देशको समृद्धी सम्भव हुने बताए । ‘राजनीतिलाई फोहोरी खेलको रुपमा संसारले स्विकारेको छ । नेपालमा पनि धेरै क्षेत्र यस्तै छ’, गिरीले भने – अव युवाको उपस्थितीले सबै बिकृती र विसंगती अन्त्य गर्नुपर्छ । यूवा साथीहरुलाई मेरो आग्रह छ ।’ उनले विकास निर्माणमा यूवा परिचालन गर्न नीतिगत तहमै ब्यवस्था हुनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय साईन्स ईञ्जिनियरिङ डिन बुद्धीराज जोशीले शैक्षिक क्षेत्रको नेतृत्व युवापुस्तामा हस्तान्तरण नभएको भन्दै परिवर्तनको सवालमा यूवा एकजुट हुनुपर्ने बताए ।
युवा परिषद, कास्कीका अध्यक्ष आशिर्वाद सुवेदीले सरकारी तहबाटै यूवाको भूमिका स्पष्ट हुनुपर्ने धारणा राखे । संस्थाका संस्थापक सुन्दर गिरीको सहजीकरणमा भएको कार्यक्रममा सह संयोजक सुरेन्द्र पौडेलले स्वागत गरेको सुनिलबाबु पोखरेलले जानकारी दिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’