गण्डक न्युज पोखरा, ४ माघ । नेतृत्व तहमा युवाको उपस्थिती कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै हरेक क्षेत्रमा यूवाको निर्णायक सहभागिता हुनुनपर्नेमा जोड दिईएको छ । भर्सटाइल युथ सोसाईटी, पोखराले गरेको नेतृत्वमा युवाको सवालबारे अन्तरक्रियामा युवा सांसद पदम गिरीले राजनीतिमा यूवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
पर्वतबाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित उनले युवाहरुको उपस्थितीले मात्रै देशको समृद्धी सम्भव हुने बताए । ‘राजनीतिलाई फोहोरी खेलको रुपमा संसारले स्विकारेको छ । नेपालमा पनि धेरै क्षेत्र यस्तै छ’, गिरीले भने – अव युवाको उपस्थितीले सबै बिकृती र विसंगती अन्त्य गर्नुपर्छ । यूवा साथीहरुलाई मेरो आग्रह छ ।’ उनले विकास निर्माणमा यूवा परिचालन गर्न नीतिगत तहमै ब्यवस्था हुनुपर्नेमा जोड दिए ।

पोखरा विश्वविद्यालय साईन्स ईञ्जिनियरिङ डिन बुद्धीराज जोशीले शैक्षिक क्षेत्रको नेतृत्व युवापुस्तामा हस्तान्तरण नभएको भन्दै परिवर्तनको सवालमा यूवा एकजुट हुनुपर्ने बताए ।
युवा परिषद, कास्कीका अध्यक्ष आशिर्वाद सुवेदीले सरकारी तहबाटै यूवाको भूमिका स्पष्ट हुनुपर्ने धारणा राखे । संस्थाका संस्थापक सुन्दर गिरीको सहजीकरणमा भएको कार्यक्रममा सह संयोजक सुरेन्द्र पौडेलले स्वागत गरेको सुनिलबाबु पोखरेलले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्