तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं ३ को समिति र टोल विकास संस्थाहरुको सयुक्त बैठकले दमौली स्थित व्यास-३ मा रहेको तरकारी पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले तरकारी पसलहरु लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरेको हो ।
व्यास-३ का वडाअध्यक्ष प्रेम कुमार श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा वडा भित्रका टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

लकडाउनको सुरुवात देखि नै सुरक्षा सर्तकता र सामाजिक दुरी कायम गर्ने विषयमा चरम लापरवाही भएको हुँदा लक डाउन अवधिभर तरकारी पसल बन्द गर्ने निर्णय गरिएको व्यास-३ का वडा सदस्य रविन पौडेलले जानकारी दिए ।
तरकारी पसल बन्द गर्ने निर्णय संगै जिल्ला भित्रका उत्पादन ट्रकमा राखेर टोल-टोलमा पुर्याउने निर्णय समेत बैठले गरेको छ ।
त्यस्तै बैठकले व्यास नं ३ शवदाह घाटमा मलामी जाँदा कम संख्या जान र सामाजिक दुरी कायम गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तै बैठकले वडा नं ३ भित्र हालसालै विदेशबाट आई घरमा नै क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वास्थ्य उपाचार देखि रेखदेखका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
त्यसैगरी बैठकले वडा भित्र दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने नागरिहको नामवली संकलन गरी टोल विकास संस्थाहरुसंग समन्वय गरी राहत वितरण गर्ने निर्णय समेत गरेको छ ।
व्यास नगरपालिकाले निर्णय गर्न नसकेको अवस्थामा वडा आफैले यस्तो निर्णय गरेर काम गर्ने भएको हो ।
नगरपालिकाले नेतृत्व लिएर नगरभित्रका सम्पुर्ण टोल-टोलमा तरकारी र खाद्यान्न पुर्याउने व्यवस्था गर्नुपर्ने नगरबासी बताउँछन ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’