तनहुँ । विश्वब्यापि महामारीका रुप फैलिएको कोरोना भाईरस (कोभिड-१९)बाट सुरक्षित रहनका लागि प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले तनहुँका स्थानीय तहदेखि स्वास्थ्यकर्मीसम्म लाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।
तनहुँको क्षेत्र नं १ बाट निर्वाचित सांसद कृष्ण कुमार श्रेष्ठ किसानले आफ्नो व्यक्तिगत सहयोगमा उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

मानविय जोखिमको क्षेत्रका राष्ट्रसेवक तथा ब्यक्तिहरुले प्रयोग गर्ने गरि मास्क, पिपिई र सेनिटाईजर लगायत सामग्री हस्तान्तरण गरिएको थियो ।
सांसद श्रेष्ठले देवघाट गाउँपालिकालाई मास्क १५ सय थान, पिपिई ५ थान, आबुखैरेनी गाउँपालिकालाई मास्क १५ सय थान र पिपिई ५ थान हस्तान्तरण गरेका छन ।

त्यस्तै भानु नगरपालिकालाई २ हजार थान मास्क र पिपिई १० थान, बन्दिपुर गाउँपालिकालाई १५ सय थान मास्क र पिपिई ५ थान, व्यास नगरपालिकालाई मास्क २ हजार थान र पिपिई ३ थान हस्तान्तरण गरेका छन ।
त्यसैगरि दमौलि अस्पताललाई १ हजार थान मास्क र पिपिई ५ थान, जिल्ला प्रहरी कार्यालय तनहुँलाई मास्क ७ सय ५० थान र सेनिटाईजर ४ लिटर, सशस्त्र प्रहरी भानुलाई ५ सय थान मास्क र सेनिटाईजर ४ लिटर हस्तान्तरण गरिएको छ ।

त्यस्तैगरि जिल्ला प्रशासन कार्यालय तनहुँलाई मास्क २ सय ५० थान, ट्राफिक प्रहरी कार्यालय तनहुँलाई २ सय ५० थान मास्क, जिल्ला कारागार तनहुँलाई २ सय ५० थान मास्क र सेनिटाईजर १ लिटर, इलाका प्रहरी कार्यालय आबुखैरेनीलाई २५० थान मास्क, इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेलाई २५० थान मास्क र सेनिटाईजर २ लिटर सांसद श्रेष्ठले हस्तान्तरण गरेका हुन ।

साथै तनहुँका पत्रकारहरुलाई २५० थान मास्क हस्तान्तरण गरिएको थियो ।
राज्यको एकद्धार प्रणालीलाई पुर्ण आत्मसात गर्दै जिल्लाका विभिन्न पालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यालय, कारागार लगायत कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने घोषणा
सांसद श्रेष्ठले दमौली अस्पतालमा सघन उपचार कक्ष स्थापना गर्ने घोषणा गरे । आज दमौलीमा आयोजित पत्रकार भेटघाटमा उनले प्रदेश सरकारको स्वामित्वमा रहेको अस्पतालमा सघन उपचार कक्ष नहुनु दुःखद् रहेकाले आफ्नै पहलमा अस्पतालमा भेन्टिलेटरसहितको पाँच श्ययाको सघन उपचार कक्ष बनाउने प्रतिबद्धता जनाए ।

दश थान भेन्टिलेटरसहितको सघन उपचार कक्ष निर्माणका लागि करिब रु ५० लाख खर्च हुने र सहयोगदाता नपाएका खण्डमा आफ्नै लगानीमा पनि उक्त कक्ष स्थापना गरिने सांसद श्रेष्ठले जानकारी दिए ।
दमौली अस्पतालले ठाउँ व्यवस्थापन गर्नेबित्तिकै एक हप्ताको अवधिमा सघन उपचार कक्ष निर्माणका लागि आवश्यक सामग्री उपलब्ध हुने उनले बताए ।
फोटो : मदन तिमल्सेना
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा