तनहुँ । तनहुँको थर्पु युवा क्लवले म्याग्दे गाउँपालिकाको थर्पु बजार क्षेत्रमा रहेका दैनिक ज्यालादारी मजदुर तथा न्युन आय भएका परिवारका लागि राहत खाद्यान्न सहयोग गरेको छ ।
कोरोना भाइरसका कारण भइरहेको लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्या भोगिरहेका बजार क्षेत्रका न्युन आय भएका परिवारका लागि सहयोग गरेको हो ।
क्लबमा आवद्ध युवाहरुको सहयोग र सक्रियतामा भाडामा बस्ने र दैनिक ज्यालादारी तथा मजदुरी गरेर जीवन धान्न विवश कठिन अवस्थाका परिवारलाई सहयोग गरिएको क्लबका अध्यक्ष विष्णु नेपालीले जानकारी दिए ।
४५ हजार बराबरको खाद्यान्न सहयोग गरिएको उनले बताए ।
३८ घर परिवारलाई १० दिनलाई पुग्ने चामल, तेल, दाल, तरकारी राहत स्वरुप बितरण गरिएको क्लबका सदस्य सुवोध आले मगरले बताए ।
विश्व नैै कोरोनाका विरुद्ध एकजुट भइरहेका अवस्थामा मानवता प्रर्दशन गर्नु नै अहिलेको आवश्यकता हो’ उनले भने ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष खेमबहादुर नेपाली, सुवेदार अमर थापा, नवराज हमाल, लगायतले विपन्न परिवारका सदस्यलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । उक्त अवसरमा क्लबका उपाध्यक्ष बीरेन्द्र थापा, सचिव विमला बानियाँ अधिकारी, कोषाध्यक्ष विशम श्रेष्ठ लगायतको उपस्थिती थियो ।
विश्व यतिबेला कोरोना भाइरससँग जुधिरहेको छ । हरेक दिन कोरोना भाइरसको नया संक्रमण बढिरहेको छ । भाइरसकै कारण मृत्यु हुने को संख्या पनि आधा लाख नाघिसकेको छ । यस विरुद्ध जुध्न नेपाल लगायतका विभिन्न देशमा लकडाउनको अवस्था रहेको छ ।
लम्बिदो लकडाउनका कारण दैनिक ज्यालादारी, न्युन आय हुने परिवारमा सिर्जित असहजतालाई मध्यनजर गर्दै यतिबेला विभिन्न संघसंस्थाले राहत स्वरुप खाद्यान्न सहयोग गर्दै आएको छ ।
सम्बन्धित खबर
विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ: गण्डकी मुख्यमन्त्री पाण्डे
सार्वजनिक स्थलमा धूम्रपान र सूर्ति सेवन नगर्न प्रशासनको आग्रह, उल्लंघन गरे कारबाही हुने
बिलभन्दा बढी सामान बोकेको बोलेरो नियन्त्रणमा
पोखराबाट भरतपुर र नेपालगञ्जसम्मको हवाई उडान स्थगित
बोक्रो फेरिँदैमा भित्री गुदी फेरिँदैन : सांसद रेग्मीलाई अर्जुनचौपारीको व्यंग्यात्मक जवाफ
महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस
यो पनि पढौँ
फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
सबै यात्रु पिसाब फेर्न ओर्लिनासाथ जिप भिरबाट खस्यो, चालकको मृत्यु
रविसँग रास्वपा सांसदका गुनासो, ‘प्रधानमन्त्री र मन्त्रीको सचिवालयले पनि टेरेन’