किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाले स्थानीय ४ भाषामा कोरोना भाइरस( कोभिड १९) सम्बन्धि सन्देश प्रवाह गरेको छ । व्यास नगरपालिकाले नेवारी, मगर, गुरुङ र दरैमा भाषामा सन्देश प्रवाह गरेको छ ।
नगरपालिका भित्र यी ४ समुदायका मानिसहरुलाई बाहुल्यता बढी भएको हुँदा लकडाउनको समयमा सचेत रहन अनुरोध गर्दै व्यास नगरपालिकाद्वारा सन्देश प्रवाह गरिएको नगरपालिकाले जनाएको छ ।
नेवारी भाषामा सन्देश
https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961500009326/?type=3&theater
लकडाउनको पुर्ण रुपमा पालना गर्न समेत उक्त संदेशमा भनिएको छ । अहिले आफ्नो गल्तिले पछि आफ्नो पुस्तले दुख पाउने भएको हुँदा लकडाउनको पुर्ण पालना गरेर सुरक्षित रहन नगरपालिकाले अनुरोध गरेको छ ।
सन्देशमा भनिएको छ ‘आफु बचे परिवार, परिवार बचे समाज र समाज बचे देश बच्छ’ भन्ने भावनाका साथ नेपाल सरकारको अभियानमा साथ दिनुहुनु हार्दिक अनुरोध ।’
मगर भाषामा सन्देश
https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961413342668/?type=3&theater
उनीहरुकै भाषा मार्फत सन्देश प्रवाह गर्दा प्रभावकारी हुने अपेक्षाका साथ सन्देश गरिएको व्यास नगरपालिकाले जनाएको छ । नगरपालिकाले अडियो/भिडियो मार्फत सन्देश प्रवाह गरेको छ । यसअघी नेपालि भाषामा नगरपालिकाले सन्देश जारि गरिसकेको छ ।
गुरुङ भाषामा सन्देश
https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961363342673/?type=3&theater
खस भाषा नबुझ्ने धेरै वृद्धवृद्धा नगरक्षेत्रमा रहेकाले स्थानीय जातिको भाषामा सन्देश प्रवाह गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । ‘नगरपालिका भित्र बाहुल्यता रहेका ४ जातिको भाषामा संदेश प्रवाह गरिएको हो ।’ नगरप्रमुख न्यौपानेले भने ‘सबै जातिको अपनत्व होस भन्ने नगरपालिकाको चाहाना हो ।’ उनले थपे ‘भाषा र संकृतिको जगेर्ना गर्न अभियानमा व्यास नगरपालिका लागिपरेको छ ।’
दरै भाषामा सन्देश
https://www.facebook.com/Vyasnagarpalika/videos/pcb.2302962303342579/2302961270009349/?type=3&theater
“आगामी वैशाख देखि स्थानिय पाठ्यक्रम समेत लागु गर्दै छौ ।’ नगरप्रमुख न्यौपानेले भने ‘कक्षा १ देखि ३ सम्म पहिलो चरणमा स्थानिय पाठ्यक्रम लागु हुनेछ ।’
त्यस्तै सरसफाइ, सचेत र साबधान रहन सम्पुर्ण नगरबासिहरुमा व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले अनुरोध गरेका छन् ।
खस (नेपालि) भाषामा सन्देश
https://www.facebook.com/kiranshresthaofficial/videos/2594198484184468/UzpfSTEwMDAwMzQ2NzY0NjgwODoyNjg5NTgzMzc3ODMzODkx/?__tn__=%2CdlC-R-R&eid=ARAEtM7ZUPozLRk7EWvjAGGGg1K8UfUcnbLDkQ9SBJ1N7chMd6FZf4D0vv9JC9tIJyD0VvAqwZI-sljD&hc_ref=ARTVTJPR8UZ0x2xeafgfvZ5W2hYKMqmDaLw9tuUbrAYNotvm1EBT2sgZpqmIWHZviB4
व्यास नगरपालिकाले अहिले विपन्न तथा दैनिक ज्यालादारी लाई राहत वितरण, विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन संगै होम क्वारेन्टाइन बस्न अनुरोध, नगरक्षेत्रमा क्लोरिन छर्कने लगाएतका काम गरिरहेको नगरप्रमुख न्यौपानेले बताए । अहिले औषधि अभाव रहेकाले केहि समस्या भने देखिएको उनले बताए ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन