‘ए साँईली’ लिएर आए सुनिल गिरि, तनहुँको शेखाटारमा सुटिङ गरिएको गीत (भिडियो सहित)

‘ए साँईली’ लिएर आए सुनिल गिरि, तनहुँको शेखाटारमा सुटिङ गरिएको गीत (भिडियो सहित)

FB_IMG_1586329484055

तनहुँ । चर्चित लोक पप गायक सुनिल गिरी ‘ए साँईली’ गीतको लिएर आएका छन । मंगलबार नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन ।

तनहुँको शेखाटार गाउँको परिवेशमा तयार गरिएको भिडियोको छायांकन अनिल कृष्ण मानन्धरले गरेका हुन ।

गायक गिरि कै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा समेत गिरी र पेमा शेर्पाको अभिनय रहेको छ ।

गायक सुनिल गिरीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने निर्देशन स्वयं गायक गिरीले नै गरेका छन् ।

लोकप्रिय गीत ‘को होला त्यो’ बाट सांगितिक यात्रा सुरु गरेका गायक गिरीले पछिल्लो समय मौलिक परिवेशको गीत ल्याउँदै आइरहेका छन् ।

यात्राको क्रममा भेटिएकी गाउँले साईंलीलाई आफ्नो सहयात्री बनाउन फकाउँदै गरेको यात्रीको कथालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको भिडियोले दर्शकहरुबाट राम्रो प्रतिक्रिया समेत पाइरहेको छन ।

भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ