तनहुँ । लायन्स क्लब अफ तनहुँ दमाैलिले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सहयोग गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ विरुद्ध ज्यानको जोखिम उठाएर आफ्नो काममा लागिपरेकाहरु लाई हौसला र राहत होस भन्ने हेतुले पिपिई सहयोग गरेको क्लबले जनाएको छ ।
क्लबले जिल्ला स्थित स्वास्थ्य र सुरक्षामा खटिएकाहरुलाई पिपिई सहयोग गरेको हो । ५ थान पिपिई सहयोग गरिएको क्ल्का अध्यक्ष राजकुमार श्रेष्ठ (राकु)ले जानकारी दिए ।

क्लबले जिल्ला प्रहरी कार्यलय तनहुँलाई २ थान, एम्बुलेन्स चालक लाई २ थान र मेडिकल डाक्टरलाई १ थान पिपिई सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पिपिईले प्रहरीको काममा आत्मबल बढाउन मद्दत गर्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विनोद सिलवालले बताए ।
के हो पिपिई ?
कोरोना भाइरस (कोभिड–१९) संक्रमणसँगै सबैभन्दा धेरै सुनिने नाममध्ये पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) पनि एक हो । पिपिई बाहिरी जीवाणुबाट शरीरलाई बचाउनका लागि प्रयोग गरिने सामग्री हो ।
कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य क्षेत्रमा पिपिईको माग पनि बढेको छ । तर, नेपालमा संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्सक, नर्स र अन्य स्वास्थ्य सेवामा कार्यरत कर्मचारीका लागि पिपिई अभाव भइरहेको छ ।
संक्रमण फैलिन नदिन पिपिई अत्यावश्यक सामग्री हो । सामान्यतया बिरामीको हेरचाह गर्ने चिकित्सक, नर्सलगायत सामाजिक दूरी कायम गर्न नसक्ने व्यक्तिका लागि पिपिई अत्यावश्यक हुन्छ । लामो समयसम्म बिरामीको नजिक बस्नुपर्ने र स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकाले चिकित्सकमा सजिलै संक्रमण हुन सक्ने डर हुन्छ ।
पुनः प्रयोग गर्न सकिन्छ ?
पिपिई एकपटक मात्र प्रयोग गर्न मिल्ने र सफा गरेर फेरि प्रयोगमा ल्याउन मिल्ने गरी दुई किसिमको हुन्छ ।
अस्पतालहरूमा एकपटक मात्रै प्रयोगमा ल्याउन मिल्ने पिपिई बढी प्रयोगमा आइरहेकाले यसको अभाव भइरहेको पाइन्छ । तर, पछिल्लो समय प्रयोग गरिसकेपछि सफा गरेर पुनः प्रयोगमा ल्याउन सकिने पिपिई पनि प्रयोगमा आउन थालेका छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’