बागलुङ । कोरोनाको र्यापिड टेष्ट गर्न स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको छ ।
मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार साँझ धौलागिरि अञ्चल अस्पताल आएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा एक हजार जनाको द्रुत परीक्षण गर्ने किटसहित आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीसँगै दुई थान भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री पठाएको छ ।
टोलीले बिहीबार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिएपश्चात परीक्षण शुरु गर्ने तयारी छ ।
सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तिनका परिवार, सम्पर्कमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद ९०० भन्दा बढीको परीक्षण गर्ने गरी बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित खबर
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
कास्कीलाई सडक मानवमुक्त जिल्ला मनाइने
गण्डकीमा खगराज सरकारलाई साथ दिन राप्रपा सकारात्मक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग