तनहुँ । तनहुँको व्यास नगरपालिकाले दमौलीमा निजि क्षेत्रबाट संचालित अस्पताललाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) सहयोग गरेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड १९ विरुद्ध ज्यानको जोखिम उठाएर आफ्नो काममा लागिपरेका स्वास्थ्यकर्मीहरु लाई हौसला र राहत होस भन्ने हेतुले पिपिई सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले निजि क्षेत्रबाट दमौलीमा सञ्चालित ४ अस्पताललाई पि.पि.ई हस्तान्तरण गरेको छ । अस्पताललाई एक-एक थान पिपिई दिइएको नगरपालिकाले जनाएको छ ।
कोरोना भाईरस (कोभिड १९)को जोखिम न्युनिकरणका लागि अस्पतालमा कार्यरत डाक्टरहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले पिपिई हस्तान्तरण गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
नगरप्रमुख न्यौपानेले दमौलीको एपोलो अस्पताल, रत्नहरी अस्पताल, व्यास नगर अस्पताल र समाधान अस्पतालका प्रतिनिधिलाई विहिबार उक्त सामाग्री हस्तान्तरण गरेका हुन।
सो अवसरमा नगरप्रमुख न्यौपानेले नगरवासीको स्वास्थ्यप्रति नगरपालिका संवेदनशिल रहेको बताए । स्वास्थ्य क्षेत्रसंग सम्बन्धित सबैले महामारीलाई पराजित गर्न जुट्नुपर्ने उनले बताए ।
सो अवसरमा निजि अस्पताल एसोसियसन तनहुँका अध्यक्ष एवं नेसनल एपोलो अस्पतालका प्रबन्ध निर्देशक चुडामणी दाहालले निजि क्षेत्रका अस्पताललाई पनि सम्झिएर व्यास नगरपालिकाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गरे ।
पिपिईले कार्यक्षेत्रमा जुट्नका लागि स्वास्थकर्मिलाई थप उर्जा मिल्ने दाहालले बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु