अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्स्पर्टद्वारा २ लाख डलरको ‘कोभिड–१९ सहयोग कोष’ स्थापना

अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्स्पर्टद्वारा २ लाख डलरको ‘कोभिड–१९ सहयोग कोष’ स्थापना

Expert-Support-Program-1-Covid19

पोखरा । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले २ लाख डलरको ‘कोभिड–१९ सहयोग कोष’ स्थापना गरेको छ ।

आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा कोष स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत सञ्जिव शर्माले जानकारी दिए ।

कोरोना भाइरसको कारण अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि सञ्चालित संस्था एक्स्पर्ट फाउन्डेसनले उक्त कोष स्थापना गरेको हो ।

‘यो निर्णयले कोरोनाबाट प्रभावित अन्तराष्ट्रिय विद्यार्थीहरुलाइ केही हदसम्म भएपनि सहयोग पुग्ने हामीले आशा गरेका छौं,’ शर्माले भने ‘यो विषम परिस्थितिमा जसले जहाँबाट सकिन्छ त्यहीबाट सहयोग गर्नुपर्छ ।’

‘एक्स्पर्टले कोष स्थापना गरेर निकै राम्रो काम गरेको एक्स्पर्ट पोखरा शाखाका निर्देशक रमेश थापाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds