बाग्लुङ । बाग्लुङमा विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८५८ जनाको र्यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक महिलाको रिपोर्ट पुनः परीक्षणका लागि पठाइएको छ ।
र्यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।
चैत ६ गते भारतबाट तीर्थयात्रा सकेर फर्किएकी ६५ वर्षीया ती महिलाको स्वाबको थप रिपोर्ट लिएपछि मात्र प्रष्ट भन्न सकिने जिल्लाका अधिकारीले बताएका छन् ।
उनलाई काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ । उनको परिवारका अन्य सदस्यहरुको भने नेगेटिभ रिपोर्ट आएको र काठमाडौं, कीर्तिपुरमा रहेका आफन्तलाई पनि सम्पर्क गरिएको स्रोतले ]बतायो ।
बाग्लुङमा सरकारले पठाएको ¥यापिड टेस्ट किटबाट ८५८ जनाको परीक्षण गरिएकोमा अरु सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले बतायो ।
सम्बन्धित खबर
पोखरा २ मा २२६ ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण
उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौ : मुख्यमन्त्री अधिकारी
नि:शुल्क बाल स्वास्थ्य शिविरबाट तीन सय बढी लाभान्वित
पोखरा १७ वडाबासीको सित्तैमा रक्त जाँच
‘नेपाली भाषा जोगाउने दायित्व शिक्षकहरूको काँधमा’
मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग