तनहुँको म्याग्देमा विदेशबाट फर्केका ३६ जनाको कोरोना र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

तनहुँको म्याग्देमा विदेशबाट फर्केका ३६ जनाको कोरोना र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ

RDT Myagde Tanahun

तनहुँको म्याग्दे गाउँपालिकामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना परीक्षण गरिदै ।

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा आज कोरोना भाइरस (कोभिड १९)को र्यापिड डायग्नोस्टिक टेस्ट गरिएको छ ।

वैदेशिक रोजगारीबाट आई घरमा नै क्वारेन्टाइनमा बस्दै आएका ३६ जनाको र्यापिड डायग्नोस्टिक टेस्ट गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासीकय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

र्यापिड डायग्नोस्टिक टेस्टसंगै कोभिड १९ को संक्रमण भए नभएको बारेमा जानकारी पत्ता लाग्ने प्रमुख प्रशासकीय अधिकृत नागलिाले बताए ।

टेष्ट गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको नागिलाले जानकारी दिए ।

म्याग्दे गाउँपालिकाले कोरोना नियन्त्रणका लागि यस अगाडि पनि सचेता देखि विभिन्न कार्यहरु गर्दै आईरहेको छ । त्यस्तै गाउँपालिकाले खाद्यन्न अभाव भएकाहरुलाई समेत राहत वितरण समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds