बागलुङ । नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती वृद्धालाई डिस्चार्ज गर्ने तयारी गरिएको पनि जानकारी दिए ।
चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।
उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् । सोही दिन एउटै विमानबाट आउने नेपाल आउने तीन जनामा कोरोना संक्रमण देखिएको थियो ।
तीमध्ये काठमाडौंकी युवती शनिबार डिस्चार्ज भएकी छन् ।
बागलुङकी अर्की युवती भने धौलागिरि अस्पतालमा उपचाररत छन् ।
सम्बन्धित खबर
पोखरा साइकल दौडमा प्रकाश र उषा च्याम्पियन
राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल
ग्यारेजमा आगलागी हुँदा करोडौंको क्षति
गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ किशोरको मुत्यु
‘अपाङ्गता भएकाको सामाजिक सुरक्षाको अवस्था कमजोर’
सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्योः मुख्यमन्त्री अधिकारी
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग