तनहुँ । रक्तसन्चार केन्द्र दमौलीमा रगतको अभाव भएपछी जेसिआई व्यासनगरले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा रकतदाताहरूको उल्लेखनीय सहभागिता रहेपनि बाँकी रक्तदातालाई दमौली अस्पतालमा रगतको कमी भएको खण्डमा पुन रक्तदान कार्यक्रम गर्ने जानकारी गराइएको क्लब अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रमका लागि प्रभु बैंक दमौली शाखाको आर्थिक र नेपाल रेडक्रस रक्त सञ्चार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
हाल विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)को कारण संवेदनशिल भई सामाजिक दुरी कायम राखी रक्तदान कार्यक्रम भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहेका थिए ।
विपतको समयमा रगत अत्यावश्यक हुने भएकाले अभाव हुन दिन नहुने प्रमुख न्यौपानेले बताए ।
कार्यक्रममा व्यास ३ का वडाअध्यक्ष प्रेमकुमार श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा खेमराज अधिकारीले ९३ औं पटक र हरि सिग्देलले ३४ औं पटक रक्तदान गरेका थिए ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण