तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लकडाउन उल्लंघन गर्ने १ सय १५ जनालाई नियन्त्रणमा लिएको छ । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्दै मर्निङ वाक गर्ने र अत्यावश्यक बाजेक बाहिर निस्कने तनहुँको दमौलीबाट १ सय १५ जनालाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए । शनिबार र आइतबार प्रहरीले गरेको कारवाहीका क्रममा ठूलो संख्याका दमौलीका स्थानीय बिहान पक्राउ परेका हुन् ।
दिउँसो हिंडडुलमा कमी आएपनि बिहान भने मर्निङ वाक गर्नेको संख्या बढेपछि तनहुँ प्रहरी कडा रुपमा उत्रिएको हो ।
शनिबार ४५ को जना र स्थानीयलाई प्रहरी कार्यालयमा केही समय नियन्त्रणमा राखेर छाडिएको थियो । तर आइतबार झन् धेरै निस्केपछि उनीहरुलाई करिब तीन घण्टा नियन्त्रणमा राखेपश्चात फेरि बाहिर ननिस्कने सर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए । आइतबार ७० जना लिइएको प्रमुख सिलवालले जानकारी दिए ।
‘अब झन कडा बनाउदै जान्छौ ।’ प्रमुख सिलवालले भने ‘ लकडाउन उल्लंघन गर्ने लाई कारबाही गर्नेछौ ।’ कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि आइतबारदेखि तनहुँमा जिल्ला बाहिरबाट तरकारी र फलफूल आयातमा पनि प्रतिबन्ध घोषणा गरिएको छ ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन