तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नं. १ स्थित तल्लो नाहाला टोलमा बसोवास गर्ने दैनिक ज्याला मजदुरी गर्ने तथा विपन्न समुदायका २८ घरपरिवारलाई तेश्रो चरण अन्तरगतको राहत वितरण गरिएको छ ।
वडा नं. १ को नाहाला स्थित बिष्णु माध्यमिक विद्यालयमा केही महिना आगाडी कम्युनिटी भिजिटमा आएका विद्यार्थी तथा प्राधानाध्यपक सहितको समुहले उक्त राहत सहयोग गरेका हुन् ।
उक्त टोलीले ४८ हजार रुपैयाँ पठाएको हुँदा सोही रकमबाट यहाँका श्रमिक तथा विपन्न समुदायलाई गाउँपालिकाको समन्वयमा तेश्रो चरणको राहत स्वरुप खाद्यन्न वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए ।

सहयोग उपलब्ध गराएको टोलीले नै नामावली तोकेर राहत उपलब्ध गर्न भनिए अनुसार तल्लो नाहाला टोलका विपन्न, श्रमिक गरी २८ घर परिवारलाई चामल १ बोरा, साबुन ३, तेल १ पोका र दाल १ केजी उपलब्ध गराइएको वडा नं. १ का अध्यक्ष भानुभक्त पोख्रेलले जानकारी गराए ।
जर्जिया प्रान्तको जर्जिया युनिभर्सिटीमा रहेर अध्ययनरत बन्दिपुर-१ निबासी शेखरनाथ अधिकारीका छोरा पुजन अधिकारी सहितको ११ जना बिद्यार्थी र प्राद्यापक सहितको समुह भोलेन्टियरका रूपमा केही समय उक्त बिद्यालयमा आएका थिए ।
उनीहरुको समूहले केही समय त्यस क्षेत्रमा बस्दा यहाँको केही ब्यक्तिहरुको अवस्था देखेर गएको र उता पुगेपछि उनिहरुले केही रकम सहयोग स्वरूप यहाँ पठाइको सहजकर्ता तथा बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर पोखरेलले बताए ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा खोला किनार र सार्वजनिक जग्गाका संरचना हटाउने तयारी
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण