पोखरा, ७ माघ । नेपाल सरकारले ४ नम्बर प्रदेशका ७ वटा गाउँपालिकाको नाम फेरिदिएको छ । १ नगरपालिका सहित ८ तहको केन्द्र सारिएको छ । सम्वन्धित गाउँ र नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरिएको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ उपदफा ५ बमोजिम सम्बन्धित नाम र केन्द्र नमिले गाउँसभा वा नगरसभाको सिफारिसमा सरकारले परिवर्तन गर्नसक्ने ब्यवस्था गरिएको थियो । सोही ब्यवस्थाका आधारमा नाम र केन्द्र फेरिएको हो । विशेषगरी हिमाली जिल्लामा रहेका स्थानीय तहहरुको नाम फेरिएको छ ।
भर्खरै हिमाली जिल्लाको रुपमा दर्ज भएको गोरखामा सुलिकोट र भीमसेन गाउँपालिकाको नाम फेरिएको छ । सुलिकोट गाउँपालिकालाई बारपाक सुलिकोट गाउँपालिका बनाईएको छ भने भीमसेन गाउँपालिकाको नाम परिवर्तन गरी भीमसेन थापा गाउँपालिका कायम गरिएको छ । भीमसेन गाउँपालिकाको केन्द्रपनि हेरफेर भएको छ । यसअघि बगुमामा केन्द्र राखिएकोमा हाल मसेलको घ्याम्पेसालमा केन्द्र तोकिएको हो ।
तनहूँको घिरिङ गाउँपालिकाको केन्द्र सारिएको छ । गजरकोटमा रहेको केन्द्र पोखरीछापमा लगिएको हो । मनाङमा पनि नाशोङ गाउँपालिकाको नाम फेरेर नासोँ गाउँपालिका बनाईएको छ भने नेस्याङलाई मनाङ ङिस्याङ र नारफू गाउँपालिकालाई नार्पा भूमि गाउँपालिकाको रुपमा नामाकरण भएको छ । नेस्याङको केन्द्र पनि मनाङ गाविसबाट सारेर हुम्डेमा पु¥याईएको छ भने नारफूको साविक नार गाविसबाट वडा नम्बर ३ को च्याँखुमा लगिएको छ । स्याङजाको गल्याङ नगरपालिकाको केन्द्र फेरिएको छ । जगत्रदेवी गुठीमा राखिएको केन्द्र गल्याङ बजारमा लगिएको सरकारले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।
यसैगरी, मुस्ताङका बाह्रगाउँ मुक्ति क्षेत्र र दालोमे गाउँपालिकाको पनि नाम फेरिएको छ । बाह्रगाउँ मुक्तिक्षेत्रको नाम वारागुङ मुक्तिक्षेत्र भएको छ भने दालोमेलाई लो–घेकर दामोदरकुण्ड गाउँपालिका बनाईएको छ । म्याग्दीमा ३ वटा गाउँपालिकाको केन्द्र हेरफेर भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र साविक पाखापानी गाविसको कार्यालयबाट रघुगंगा ३ मौवाफाँटमा सारिएको छ ।
धवलागिरीको मुनाबाट सातमुले घट्टेखोलामा गाउँपालिकाको केन्द्र लगिएको छ । अन्नपूर्ण गाउँपालिकाको पनि घारबाट सारेर पोखरेबगरमा पु¥याईएको छ । स्थानीय सरकारले आफ्नो पहिचानलाई स्थापित गर्ने उद्देश्यले बहमतको सहमतिबाट नाम र केन्द्र फेर्न केन्द्रमा सिफारिस गरेका हुन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’